बागलुङ, ५ चैत–चैतको ९ गतेदेखि नियमित हवाई सेवा सञ्चालन हुन लागेको बलेवा बिमानस्थलमा सोमबार तारा एयरले परिक्षण उडान गरेको छ । प्राबिधिक पक्षको परिक्षण गर्न सोमबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ । सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन४ केएच बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको थियो ।
बिहान ११ बजे पोखराबाट उडेको बिमान ११ बजेर १० मिनेट जाँदा बलेवामा अवतरण गरेको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । सोमबार परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानियको बिमान हेर्न भिड लागेको थियो । आगामी चैतको ९ गते तारा एयर र चैतको १५ गते नेपाल एयरले पहिलो नियमित उडान भरेपछि बलेवा बिमानस्थल नियमित सञ्चालनमा आउने छ । प्रत्येक हप्ताको आईतबार तारा एयर र बिहिबार नेपाल एयरलायन्सले उडान गर्ने गरी सम्झौता भएको बागलुङ नगरपालिकाले जनाएको छ ।
Previous Articleनर्जाखानी गाउँको सामुदायिक स्वास्थ्य एकाई औषधिविहीन
Next Article उपराष्ट्रपति पुनद्वारा पद तथा गोपनीयताको शपथ