बागलुङ, ५ चैत– पाँचौ धौलागिरी कप चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगिता २०७४ आईतबारदेखी बानपा–१ बाङ्गेचौर खेल मैदानमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागलुङ क्रिकेट क्लबको ‘बि’ पराजित भएको छ । लेकसाईट क्रिकेट क्लब पोखरासंग आयोजक बिसिसि ‘बी’ पराजित भएको हो । टस जितेर व्याटिङ रोजेको पोखराले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङमा व्याटिङ समालेको आयोजक बिसिसि ‘बि’ १६ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रनमा सिमित भई पराजित हुन पुग्यो । आईतबारको खेलमा लेकसाईडका खेलाडि अर्जुन अधिकारीले सर्वाधिक ३८ रनको योगदान गरेभने लेकसाईडकै आविक ओस्तले सर्वाधिक ३ विकेट लिए । प्रयोगिताको म्यान अफ दि म्याच लेकसाईट त्रिकेट क्लबका राजु तामाङ घोषित भए । १८ टिम सहभागी रहेको खेलमा सोमबार दुई समुहले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । सोमबारको पहिलो खेल बागलुङको गल्कोट क्रिकेट क्लब र बागलुङ नगरपालिका–५ बीच बिहान ८ बजे हुने र दोस्रो खेल नेपाल बिद्यार्थी संघ र कुश्मा क्रिकेट क्लबबीच हुने आयोजक बागलुङ क्रिकेट क्लबले जनाएको छ । बागलुङ क्रिकेट क्लब, फ्युचर क्रिकेट क्लब र चैत्राष्टमी मेला मुल आयोजक समितीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक समारोहका बीच बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै पौडेलले खेलकुदको माध्यामबाट युवा पुस्तामा आएको परिवर्तन सकारात्मक भएको बताए । आपसी मेलमिलाप र भाईचाराको भावनालाई समेत प्रेरित गर्ने भन्दै देश र ठाउँको गरिमा बढाउन खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रम फ्युचर ब्राईटर आवाससिय माध्यामिक बिद्यालयका प्रिन्सीपल बालाकृष्ण शर्माको अध्यक्षता, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको स्वागत र निसान खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पाउने आयोजकले जनाएको छ ।
चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगिता आयोजक ‘बि’लाई पहिलो गाँसमै ढुंगा
Previous Articleउद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा शर्मा विजयी
Next Article अपांगलाई सुविधा सहज बनाउन पहल