बागलुङ, ४ चैत– चारतारे युवा क्लब सिवाईसी नेपालले संस्थाको लघुवित्त कार्यक्रम अन्तर्गतका कर्मचारीका लागि विभिन्न ४ चरणमा कर्जा व्यवस्थापन तालिमको आयोजना गरिरहेको छ । संस्थाद्धारा सञ्चालित लघुवित्त कार्यक्रममा हुने ऋण लगानी र असुलीका कार्यहरु नियमित, व्यवस्थित र प्रभावकारी ढंगबाट संचालनका लागि कर्मचारीलाई दक्ष बनाउने एवं ऋण लगानीमा बृद्धि ल्याउने अभिप्रायले तालिमको आयोजना गरिएको थियो ।
तनहुँको दमौली, पाल्पाको तानसेन र बागलुङको खर्वाङमा तालिम समाप्त भईसकेको छभने शुक्रबारदेखि बागलुङ बजारमा सुरुवात भएको तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले गरे । तालिमको उद्घाटन सत्रमा संस्था सिनीयर आन्तरिक लेखा परीक्षक अधिकृत मुक्तिप्रसाद शर्मा, बागलुङ शाखाका शाखा प्रवन्धक विष्णु पौडेल र कुश्मिसेरा शाखाका प्रवन्धक रेनु खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२७ जनाको उपस्थिती रहेको तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, प्रवन्धक संगीता शर्मा पौडेल र सिनीयर आन्तरिक लेखापरीक्षण अधिकृत मुक्तिप्रसाद शर्मा र बचत तथा ऋण अधिकृत शान्ति शर्माले सहजिकरण गर्ने कार्यक्रम रहेको संस्थाले जानकारी दिएको छ । तालिममा ऋण व्यवस्थापनका मुख्य पक्ष, ऋण जोखिम ब्यबस्थापन, सदस्यको ऋण बिश्लेषण, सदुपयोगिता निरीक्षण र सत्यापन ऋण वर्गिकरण सम्बन्धी व्यवस्था र अभ्यास, ऋण सम्बन्धी अनुपात विश्लेषण, ऋण भाखा नाघ्नुको कारण, असर र समाधानका उपायहरु, ऋणी सँगको व्यवहार, भाखा नाघेको ऋण असुलीको कार्ययोजना तयारी, ऋण अभिलेख व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण दिईने बताईएको छ ।
Previous Articleबजेट अभावले बेनी–जोमसोम–कोरला नाका प्रभावित
Next Article जमीनमुनिको यात्रा–७