बागलुङ, ४ चैत– काठेखोला गाउँपालिकाको सहयोग वडा नम्बर १ को आयोजनामा एक दिने शैक्षिक कार्यशाला गोष्ठी पालामा सम्पन्न भएको छ । काठेखोला गाउँपालिका–१ स्थित विद्यालयहरूको समग्र शैक्षिक सुधार गर्न तथा सिपमुलक, व्यवहारिक शिक्षा प्रदान गर्न कार्यशालाको आयोजना गरिएको उक्त कार्यशालामा विद्यालय सुधार योजनाको निर्माण कार्यान्वयन, संघीयतामा स्थानिय शिक्षा विद्यालय सुधार र सुरक्षा गर्न सरोकारवालाको भुमिकाको बारेमा छलफल गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथी काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले शैक्षिक सुधार तथा प्रगतिको लागी व्यवहारिक सिप सिकाउन जरुरी रहेको बताएका थिए । कार्यक्रममा वडा भित्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम काठेखोला गाउँपालिका–१ का अध्यक्ष खडक थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण काठेखोला गाउँपालिकाका शिक्षा अधिकृत हरि आचार्य र स्रोतव्यक्ति रामानन्द कँडेलले गरेका थिए ।
Previous Articleमहिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुर्नताजगी तालिम
Next Article बजेट अभावले बेनी–जोमसोम–कोरला नाका प्रभावित