बागलुङ, ४ चैत– सु–आहारा कार्यक्रमको आयोजना तथा रिघा स्वास्थ्य चौकीको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुर्नताजगी तालिम रिघामा सुरु भएको छ । हजार दिनका आमा तथा बालबालिकाको स्वास्थ्य पोषण सम्बन्धमा भएको तालिम २ दिनसम्म चल्ने आयोजकले जनाएको छ । तालिमको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय पोषण अधिकृत सुदिप अर्याल, गल्कोट नगर स्वास्थ्य प्रमुख मिन गैरे, यमुना बस्याल लगायतले बोलेका थिए । कार्यक्रम स्वास्थ्य चौकी रिघाका इन्चार्ज हरिबहादुर थापाको अध्यक्षता, अनमी तीर्थकुमारी जिरेलको स्वागत मन्तव्य तथा एच.ए. दिल श्रीसको संचालनमा सम्पन्न भएको थियो । साविक रिघा गाविसका १७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको तालिममा रिघा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरिरहेको महिला स्वास्थ्य स्वयंसेविका चन्द्रा रामजाली सिंजालीले जानकारी दिएकी छन् ।
Previous Articleएसईईमा संलग्न हुने विद्यार्थीलाई बिदाई कार्यक्रम
Next Article काठेखोलामा शैक्षिक कार्यशाला गोष्ठी