बागलुङ, ४ चैत – २०७४ सालको माध्यामिक शिक्षा परिषद (एसईई) मा संलग्न हुने विद्यार्थीलाई शनिबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । न्यु एभरेष्ट अक्याडमी बानपा–१ रामरेखामा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बिदाई भएर गएका विद्यार्थीको सफलताको कामना गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले भोलिका दिनमा भौतिक संरचना लगायत कुनैपनि सुविधामा कमी हुन नदिने बताए ।
उनले निकट भविष्यमा बागलुङ नगरपालिका भित्रको उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्व समेत व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक सदस्य तथा शिक्षिका राधा लामिछाने, सहायक प्रिन्सिपल प्रवेश मुखिया, शिक्षक नारायण सापकोटा, शिक्षिका सनम खत्री, शिक्षक शिव पोखरेल लगायतले सानैबाट आफुले पढाएको विद्यार्थीलाई विदाई गर्दा असहय पीडा भएको बताएका थिए । उनीहरुले उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गरेका थिए । कार्यक्रममा विद्यार्थीको तर्फबाट कक्षा १० का दिव्या खतिवडाले आफ्ना अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी अविर तथा खादा ओढाएर विदाई गरेका थिए । कक्षा ९ का रिकीता केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कक्षा ९ का सुजन गौतम, लक्ष्मी थापाले गरेका थिएभने संचालन कक्षा ९ का आवास जिसी र सिल्पा बोहराले गरेका थिए ।