मुस्ताङ, २ चैत– धार्मिक तथा पर्यटकिय जिल्ला हिमालपारी मुस्ताङमा पछिल्लो समय लगातार बिद्युत सेवा अवरुद्ध भएपछि बुधबार जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु नेपाल बिद्युत प्राविधिकरणको कार्यालयमा पुगेर ध्यानार्कषण गराएका छन् । प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रदेश साँसदहरू चन्द्रमोहन गौचन, महेन्द्र बहादुर थकाली, ईन्द्रधारा बिष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट सहितको टोलीले बुधबार नेपाल बिद्युत प्राधिकरणका उपप्रबन्धक हराराज न्यौपानेलाई जिल्लामा बिद्युत आपूर्ति व्यवस्थित गरिदिन लिखित पत्रमार्फत ध्यानार्कषण गराएका हुन् ।
उनीहरुले चोखोपानी साना जलबिद्युत आयोजनाको २ सय ४० किलोवार्ड बिद्युत क्षमता र थापाखोला हाईड्रो पावर १३.६ मेघावार्ड निर्माण सम्पन्न भएपनि बिभिन्न प्राविधिक कारण जिल्लामा बिद्युत नियमित नहुँदा जिल्लानै अन्धकार भएको र जसका कारण बिद्युतिय सञ्चार तथा दैनिक प्रयोजनमा प्रयोग हुने बिद्युत सेवाले समग्र जिल्लाबासी पीडित भएको अवगत गराईएको छ । पत्रमा बिद्युत आपूर्ति नियमित नहुदा राष्ट्रले करोडौको घाटा व्यवहोर्नु परेको उल्लेख गर्दे उपल्लो मुस्ताङमा बिद्युत सेवा बिस्तार गर्न घमीमा ३३ केबीको केन्द्रिय सवस्टेशन जडान गर्न समेत अनुरोध गरेको छ ।
नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा भएको बृहत छलफलमा नेपाल बिद्युत प्राधिकरणका उपप्रबन्धक हराराज न्यौपाने, थापाखोला हाईड्रो पावरका प्रबन्ध निर्देशक भरत कुमार खड्का, नेपाल बिद्युत कार्यालय बेनीका प्रमुख नेत्रमणी न्यौपाने र मुस्ताङका निर्वाचित प्रतिनिधिबीच ३ हप्ताभित्र बिद्युत सेवा नियमितका लागि न्यूनिकरण गर्ने सहमति भएको प्रदेश साँसद चन्द्रमोहन गौचनले जानकारी दिए । उनका अनुसार, नेपाल बिद्युत प्राधिकरणले डिस्टीव्युसन सवट्रान्सफरमर लाईन फेर्ने सहमति भएको बताए । ‘मुस्ताङलाई लोडसेटिङ मुक्त गर्न नेपाल बिद्युत प्राधिकरण सकारात्मक भएको छ, प्राधिकरणले पनि २ महिनाभित्र १० हजार सवट्रान्फरमर खरिद गर्ने जनाएको छ’ उनले भने ‘म्याग्दीको बेनीदेखि तातोपानीसम्म १८ वटा ११ केबी र तातोपानीदेखि कोवाङसम्म १५ वटा ११ केबीको डिस्टिव्युसन ट्रान्फरमर आवश्यकता छ, यसलाई पूरा गर्न नेपाल बिद्युत प्राधिकरण सकारात्मक छ ।’ उनले जनतालाई परेको चरम बिद्युतिय समस्या प्रति जनप्रतिनिधिहरु संवेदनशिल भएको बताए । साँसद गौचनका अनुसार घरापखोला जलबिद्युत आयोजनाका ४ वटा मेशिन संञ्चालन भएमा करिव १० हजार किलोवार्ड बिद्युत उत्पादन हुने बताए ।
उनले घरापका ४ वटा मेशिनमध्ये २ वटाको सञ्चालनमा नरहेको र बिग्रिएका ति २ वटा मेशिनको यही ५ गतेभित्र आवश्यक मर्मत गरिने भएकाले केही दिनभित्रै मुस्ताङले भोग्दै आएको लोडसेडिङको समस्या सुल्झने बताए । उनका अनुसार, घरापखोला जलबिद्युत आयोजनाको स्तरोन्नती गर्नका लागि थापाखोला हाईड्रोले आवश्यक जनशक्ति परिचालनमा सहयोग गर्ने सहमति भएको बताए । लामो समयदेखि मुस्ताङमा बिद्युत आपूर्ति अवरुद्ध भएपछि मंगलबार जोमसोमका स्थानीयबासीले मंगलबार बिद्युत कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा बिद्युत आपूर्ति सहज गर्न दबाब दिएका हुन् । उनीहरुले बिना सूचना लोडसेडिङ गरेर जनतालाई सास्ती दिएको भन्दै आपूर्ति सहज नभए तालाबन्दी गर्ने चेताबनी दिएका थिए ।
Previous Articleडाँडागाउँ बिममा स्वास्थ्य चौकीको भवन निर्माण
Next Article ह्दयघातको लक्षण र रोकथाम