बागलुङ, १ चैत– बागलुङमा संचालित रोट्रयाक्ट सप्ताहको तेस्रो दिन बुधवार मालढुङ्गामा रहेको अपांगता भएका तथा न्युन आय भएका परिवारलाई खाद्यान्न प्रदान गरिएको छ । बिश्व रोट्रयाक्ट सप्ताहको अवसरमा रोट्रयाक्ट अफ बागलुङले संचालन गरेको सप्ताह व्यापी कार्यक्रम अन्तरगतको तेस्रो दिन कुश्मा नगरपालिका–१ मालढुङ्गामा रहेको माझी स्तीको एक अशक्त तथा गरिव परिवारलाई खाद्यान्न र लत्ता कपडा प्रदान गरिएको हो ।
‘स्वास्र्थ भन्दा माथि रहेर सेवा गरौ’ भन्ने रोटरीको मुल मन्त्रलाई आत्मसाथ गर्दै शारीरिक रुपमा अशक्त मनकुमारी माझीको परिवारलाई १४ हजार ४ सय ४० रुपैया बरावरको खाद्यान्न सामाग्री तथा लत्ता कपडा बितरण गरिएको हो । बिभिन्न स्थानबाट संकलन गरिएको उक्त सामाग्री क्लव जोन फो का जेडआरआर दिपेन्द्र घिमिरे, रोटरी क्लव अफ बागलुङका सचिव ओमप्रकाश पौडेल, सदस्य बिष्णुराज पन्त, नेपाल पत्रकार महासंघका सहसचिव सुवास आचार्य, क्लबका अध्यक्ष नविन पन्त लगाएत क्लवका पदाधिकारी र सदस्यहरुले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जोन फो का जेडआरआर दिपेन्द्र घिमिरेले सरकारको आँखा पुग्न नसकेको ठाउँमा पुगेर क्लबले गरेको सहयोग उदाहरणिय भएको बताए । कार्यक्रममा रोटरी क्लब अफ बागलुङका सचिव ओमप्रकाश पौडेल र नेपाल पत्रकार महासंघका सहसचिव सुवास आचार्यले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष नविन पन्तको अध्यक्षता, कार्यक्रम संयोजक निशा रायमाझीको स्वागत र उपाध्यक्ष ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको चौथो दिन चैत १ गते बिहिवार म्याराथुन दौड, चैत २ गते शुक्रवार ट्राफिक सचेतना कार्यक्रम, चैत ३ गते शनिबार खुल्ला लुडो प्रतियोगिता र चैत ४ गते आइतवार छात्रबृत्ति बितरण, पुरस्कार बितरण सहित समापन समारोह हुने क्लबका सचिव शिव केसीले जानकारी दिए ।
रोट्रयाक्ट सप्ताहको तेस्रो दिन बुधवार बिपन्नलाई खाद्यान्न सहयोग
Previous Articleवडा कार्यालयले ग¥यो दाउरा बेचेर पढाई सुल्क सहयोग
Next Article बालबालिकालाई शान्ति नेपाली संस्थाको सहयोग