बागलुङ, १ चैत– सरकारी बनमा सुकेका दाउरा बिक्री गरेर आएको रकमबाट बागलुङ नगरपालिका १२ अमलाचौरले बिपन्न छात्रको बिद्यालय शुल्क बुझाएको छ । पृथ्वी उच्च माध्यामिक बिद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा बिष्णु पौडेलको एक बर्षको सबै शुल्क वडा कार्यालयले बुझाएको प्रधानाध्यापक प्रेमप्रसाद चापागाईंले बताए । बिपन्न परिवारकी बिष्णुले बिद्यालयमा लाग्ने मासिक शुल्क, परिक्षा शुल्क लगायत तिरिदिएको हो ।
वडामा रहेको सल्लेरी सरकारी बनमा आगालागि हुँदा सुकेकका रुखहरु बिक्रिबाट आएको रकमले पौडेललाई सहयोग गरीएको वडाअध्यक्ष गुरुदत्त पाठकले बताए । वडा सँग अन्य स्रोत नभएको र वडाले उपभोग गर्दै आएका बनहरुबाट हुने आम्दानीबाट सहयोगको व्यवस्था मिलाईएको उनको भनाई थियो । वडा सदस्य रुद्र प्रसाद शर्माको सिफारीसमा वडा कार्यालयले बिपन्न छात्रालाई सहयोग गरेको थियो ।
यस अघि गतबर्षको एसईइ परिक्षा पास गरेकी पौडेलको कक्षा ११ मा भर्नाहुन सक्ने परिस्थिती नरहेकोले वडा कार्यालयले आर्थिक सहयोग गर्ने आश्वासन दिएर भर्ना गराएको हो । आर्थिक समस्याकै कारण बिद्यालय छोड्न बाध्य भएका बिद्यार्थीहरुलाई उच्च शिक्षा दिलाउनु आफ्नो कतव्र्य भएकाले वडाको तर्फबाट सहयोग गरेको पाठकले बताए । ‘हामिले स्थानीय स्रोत व्यवस्थापन गरेर उनलाई पढ्ने वातावरण मिाउँछौं भनेका थियौं’ पाठकले भने ‘दाउरा बेचेको पैसाले उनको शुल्क तिरेका छौं ।’ ज्याला मजदुरी गरेर खाने उनको परिवारलाई शुल्क तिर्न समस्या थियो ।