बागलुङ, ३० फागुन– धौलागिरि अञ्चल जिप व्यवसायी समितिको अध्यक्षमा बिष्णुप्रसाद अधिकारी निर्वाचित भएका छन् । सोमवारवाट शुरु भएको १३ औ बार्षिक साधारणसभा तथा ७ औ अधिवेसनवाट प्रतिस्पर्धी हरिवहादुर जिसी सन्तोषलाई भारी मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन । मंगलवार भएको मतदानवाट अधिकारीले १ सय १५ मत प्रप्त गरे भने जिसीले ६२ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिए ।
समितिको सहसचिवमा सोमबहादुर बोहोरा निर्वाचित भएका छन् ।बोहराले प्रतिस्पर्धी रामबहादुर क्षेत्रीलाई भारी मत अन्तरले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । बोहराले १ सय ३३ मत प्राप्त गरे भने क्षेत्रीले ६८ मत प्राप्त गरेको पौडेलले जानकारी दिए । अन्य सवै पदमा सहमती भएपनि अध्यक्ष र सहसचिवमा सहमति नभएपछि मतदान भएको हो । १ सय ८६ मतदाता रहेको समितिको नेतृत्वका लागि भएको मतदानमा १ सय ७६ मत खसेको थियो ।
समितिको बरिष्ठ उपाध्यक्षमा जयन्द्रराज पन्त, प्रथम उपाध्यक्षमा लालबहादुर केसी, द्धितीय उपाध्यक्षमा कपिलमणी शर्मा बाँस्तोला, महासचिवमा दिनेश बोहरा, सचिवमा मनोज केसी र कोषाध्यक्षमा अकिलबहादुर क्षेत्री निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरि समितिको सदस्यमा राजकुमार शर्मा, बमबहादुर थापा, बावुराम केसी, हरिबहादुर क्षेत्री, गिरीप्रसाद घर्ती, हेम खरेल, सज्जन आचार्य, लक्ष्मण केसी र प्रेमप्रसाद आचार्य चयन भएका छन् ।
समितिमा यस अघि संस्थापक अध्यक्ष शशिकपुर श्रेष्ठले लामो समय नेतृत्व गरेका थिए । झण्डै १३ बर्ष लामो नेतृत्व गर्दै श्रेष्ठले समितिमा नेतृत्व हस्तान्त्रण गरेका हुन् । उनले ६ कार्यकाल अध्यक्ष भएका थिए ।
Previous Articleजैमिनीमा पत्रकारीता तालिम सकियो
Next Article सहयोगको लागि आग्रह गर्ने निर्णय