बागलुङ, ३० फागुन– बिपदको समयमा पिडित हुने बालबालिका, जेष्ठ नागरिक तथा महिलालाई सहयोगका लागि तयारी गर्न सबै तयार रहनुपर्नेमा जोड दिइएको छ । बिपदको समयमा बालबालिका सहितका असक्त व्यक्तिहरुनै बढी पिडित हुने समेत उनीहरुले बताए । महिला तथा बालबालिका कार्यालयको अगुवाईमा ‘संरक्षण बिषयगत क्षेत्रको समन्वय बैठक’मा सहभागिले प्राकृतिक प्रकोप र अन्य मावनीय जोखिमको समयमा उनीहरु बढी पिडित हुने गरेको भेटिएको सहभागिले बताए । त्यस्ता पिडितलाई समयमा उद्दार, उपचार, खाना र आवासको सुविधा दिन सक्नुपर्ने गरी तयारी गर्नुपर्ने बैठकले निर्णय गरेको महिला बिकास अधिकृत डिलकुमारी शर्माले बताईन् । बैठकमा सरोकारवालाहरुले आफ्नो संस्थाबाट सक्दो सहयोग र साथ बढाउने बताएका थिए । साथै बैठकले प्लान ईन्टरनेशनल नेपाल र रेडक्रस सोसाईटीलाई त्यस्ता जोखिम तथा बिपदको समयमा प्रदान गरिने राहत तथा सहयोगको लागि आग्रह गर्ने पनि निर्णय भएको हो । महिला बिकास अधिकृत डिलकुमारी शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला बाल कल्याण समिति, जिल्ला प्रहरी कार्यालय, गैरसरकारी संस्था महासंघ, राजनीतिक दल, अपांगता जिल्ला संजाल लगायतका संस्थाहरुले भाग लिएका थिए ।
Previous Articleधौलागिरी जिप व्यवसायी समितीको अध्यक्षमा बिष्णु अधिकारी
Next Article आफ्नै ठाउँमा लगानी