बागलुङ, ३० फागुन– जिल्लाको दक्षिण कुश्मीशेरामा सञ्चालीत १५ दिने पत्रकारिता, उद्घोषण तथा एफ. एम. प्रबिधिक तालिम मंगलवार सम्पन्न भएको छ । तालिमको समापन गर्दै शुभेक्षा एफ एमका स्टेशन म्यानेजर सन्ध्या आचार्यले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन् । १० जना प्रशिक्षार्थी सहभागी रहेको तालिममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ,ढोरपाटन दैनिक तथा जनतापोष्टका बागलुङ प्रतिनिधी तारानाथ आचार्य, एफ एमकासन्ध्या आचार्य, मिडिया इन्जिनिएर सुजन प्रेमीले सहजिकरण गरेका थिए । तालिममा युवाहरुको उत्साहजनक उपस्थिती थियो ।