बागलुङ, ३० फागुन – जैमिनी नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको जीप बुधवार दिउसो सुर्कुवामा सामान्य दुर्घटनामा परेकोे छ । सर्कुवादेखि कुस्मिसेरातर्फ आउँदै गर्दा ध १ ज २६२० न. को जीप सर्कुवामा दुर्घटना भएको हो । दुर्घटनामा परि नगर प्रमुख इन्द्रराज पौडेल सामान्य घाइते भएका छन् । पौडेलको ओँठमा चोट लागेको छ । जीपमा उपप्रुमख लिला राना, काँशिराम आचार्य, नारायण रेग्मी, डिल्लीराम आचार्य लगायत सवार थिए । स्टेरिङ फेल हुँदा जीप दुर्घटनामा परेको उपप्रुमख रानाले वताए । स्टेरिङ फेल भए पनि आफुहरु ठ्रलो घटनाबाट बाँचन सफल भएको रानाले वताए ।
जैमिनी नगरपालिकाका प्रमुख, उपप्रमुख चढेको जीप दुर्घटना
Previous Articleएक सय ४५ तोला सुनसहित बागलुङका शशीकला पक्राउ
Next Article जैमिनीमा पत्रकारीता तालिम सकियो