बागलुङ, २५ फागुन– धौलागिरी अंचल जिप व्यवसायी समिति बागलुङको १३ औं साधारण सभा तथा ७ औं अधिबेशन सोमबार बागलगुङ बजारमा शुरु भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले यातायात सेवालाई मर्यादित र लोकप्रिय बनाउनुपर्ने बताए । यातायात व्यवसायीहरुले सेवाग्रहीसँग गर्ने व्यवहार नरम र सम्मानित हुनु पर्ने भन्दै पौडेलले यातायात व्यवसायमा निजी क्षेत्रले गरेको लगानी सह्रानिय भएको बताए ।
सरकारले २० बर्ष पुगेका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेकोप्रति संकेत गर्दै पौडेलले २० बर्ष पुगेका सवारी साधनको अवस्था अवकाश प्राप्त कर्मचारीको जस्तै हुने भएकाले पुराना सावरी साधानको उचित व्यवस्थापन गर्दै निणर्य कार्यान्वयन गर्नतर्फ लाग्नु पर्नेमा जोड दिए । पौडेलले बलेवा बिमानस्थल सञ्चालनको लागि नगरपालिकाले यात्रु ज्ञारेण्टी गरेकाले त्यसको लागि निशुल्क सहयोग गर्न जिप व्यवसायीहरुलाई आग्रह समेत गरे । कार्यक्रममा बोल्दै सहायक प्रकुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले निजी क्षेत्र र सरकारी निकायका बीच सुमधुर सम्बन्ध रहेको भन्दै आपसमा मिलेर काम गर्नुपर्ने बताए । कार्यक्रममा उद्योगा बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारी, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नरेश कँडेल, जिप व्यवसायी खडक बोहोरा, धौलागिरी जिप व्यवसायी समितीका कार्यालय प्रमुख बुद्ध बिष्ट लगायतले बोलेका थिए ।
कार्यक्रममा जिप व्यवसायी समितिमा आबद्ध भएर स्थानिय निकायहरु निर्वाचित भएका ७ जना जनप्रतिनिधिहरुलाई सम्मान गरीएको थियो । त्यस्तै जिप व्यवसायमा लामो समय अनुशासित ढंगले काम गरेको भन्दै जिप व्यवसायी छविलाल सापकोटालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । साधारणसभाले समितिका महासचिव बिष्णु अधिकारीको प्रगती प्रतिबेदन र कोषाध्यक्ष अकिल बहादुर क्षेत्रीको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ । समितीका अध्यक्ष शशिकपुर श्रेष्ठको अध्यक्षता प्रथम उपाध्यक्ष सुरेन्द्रराज पन्तको स्वागत र महा–सचिव बिष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच, समितीले हामी सबैको रहर पत्रकार महासंघको घर अभियानका लागि १० हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।
नगरप्रमुख जनकराज पौडेलले उक्त नगद रकम पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नरेश कँडेललाई हस्तान्तरण गरेका थिए । यसैबीच, अधिबेशनले मंगलबार नयाँ नेतृत्व चयन गर्ने छ । सोमबार राती यो समाचार तयार पार्दासम्म मनोनयन दर्ताको क्रम जारी रहेकाले मंगलबार मात्रै नयाँ नेतृत्वको टुंगो लाग्ने निर्वाचन समितीका संयोजक हरिप्रसाद शर्माले बताए । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा बिष्णु अधिकारी र हरिबहादुर जिसीको उम्मेद्वारी परेको छ ।
त्यस्तै प्रथम उपाध्यक्षको लागि कुल प्रसाद सापकोटा, होम बहादुर बस्नेत र लाल बहादुर केसीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितीको बरिष्ठ उपाध्यक्षमा भने जयन्त प्रसाद पन्त निबिरोध निवार्चित भएका छन् । त्यस्तै द्धितिय उपाध्यक्षमा कपिलमनी शर्मा, महा–सचिववमा दिनेश बोहोरा , कोषध्यक्षमा अखील बहादुर क्षेत्री र सचिवमा मनोज केसी निविरोध निर्वाचित भएका छन् । सह–सचिवमा तिन जना र ९ जना सदस्य पदको लागि ११ जनाको उम्मेदवारी परेको निर्वाचन समितीका संयोजक शर्माले बताए ।
Previous Articleचश्मा फेरियो, शीशा त उही पो रहेछ
Next Article वाह ! भुलिएका गोरेटो बाटो प्राथमिकतामा