कृष्ण प्रसाद शर्मा
एउटा ट्रकका पछाडीले लेखेको थियो कि “ऐना सफा गरें तर दाग त आँफ्नै अनुहारमा पो रहेछ ।’’ यो कुरा ट्रकमा लेखिएको भएपनि हामी अधिकांशका जीवन र चरित्रमा लेखिएको छ । दोष अरूलाई दिने जनता र काम पन्छाउने कर्मचारीले देश विकास गर्दैनन् भनिन्छ । त्यस्तै अहिले हाम्रो समाज यसैले ग्रस्त छ । अहिले हरेक दिन कम्तिमा तीन जनाको बलात्कार हुन्छ । जहाँ उमेर सुन्दा मात्रै दुख्ख लाग्छ । आठ बर्षियदेखी अठी बर्षियसम्म पिडित छन् । पंचायतभन्दा अगाडीका मान्छेहरू राणा शासनलाई विकास बिरोधी भने, बहुदलवालाले पंचायतलाई त्यही जलप टाँसे, गणतन्त्रबादीले राजालाई काँडेतार देखे अब गणतन्त्र आयो । एकीकृत शासन व्यवस्थाले काठमाण्डौका सुनपसले शाक्यलाई पीडित र डोल्पाका टाउकोमा टोपीको घेरा मात्रै भएका बाहुनलाई सामन्ती देखायो, त्यसैले संघियता जन्मियो। शिशु संघियताले बेला बेलामा उग्रता देखाँदैछ जस्तो कैलालीमा एउटा गाउँपालिकाले चलिराखेका बैंकलाई अबदेखी कारोबार बन्द गर्नु भन्ने निर्णय गर्यो । कतै आफ्नो तलब आँफै तोक्दै छ यस्तै–यस्तै ।
समाज कस्तो छ एउटा कुरा हो तर समाज कस्तो देखिन्छ त्यो अर्को कुरा हो । आँखा भएका तर चश्माको पावर नमिलेका अन्धा हुन तर ज्योती गुमेका तर अन्तरदृष्टि भएका मात्रै फरक क्षमता भएका हुन । यहाँ आँखा भएका अन्धाले शासन चलाईरहेका छन् । समाज परिवर्तन गर्नु भनेको पुरानो सबै ध्वस्त पार्नु हो भन्ने चश्मा लगाईयो । अफगानिस्तानका पुरात्त्विक देखी नेपालका सम्म भत्किए । सामाजिक संरचना भनेको भौतिक पुर्वाधार मात्रै पक्कै होईनन् यसको सामाजिक चरित्र पनि हुन्छ । सामाजिक चरित्र मान्छेले गर्ने र हेर्ने व्यवहार हुन जुन चश्मा लगाई अनुसार हुन्छ । अस्ति मात्र कैलालीकी १८ बर्षिय राधा चौधरीलाई घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीकै रोहबरमै जस्तो लगातर ६ घण्टा अपमानजनक हिसाबले कुटपीट गरियो । मेयर एवं सयौंको संख्यामा जम्मा बीच यो घटना भएको थियो । उनलाई पिटि राखेको भिडियो खिच्न सके तर कसैले रोक्न सकेन । मेयर स्वंय मुकदर्शक भए र घटनालाई मिलापत्रमा टुङगाउन खोजे ।
पिडित जुन स्कुलमा पढेकी हुन् त्यही स्कुलका पुर्व शिक्षक समेत रहेका मेयरले अँग्रेजीमा स्नातकोत्तर गरेको भनि लेखिएको थियो । यहाँबाट थाहा लाग्छ की समाज योग्यताले होईन ज्ञानलाई प्राथमिकता राखे मात्रै चल्छ । हाम्रो पुरानो चश्मामा ल्याप्चे, तीन पास, आठ पासले केही गरेनन् अलि पढेलेखेको आउनु पर्यो भन्ने थियो पढेलेखेका पनि आए तर हालत यही भयो। पंचायतमा, बहुदलमा र गणतन्त्रमा चश्माहरू धेरै फेरिए तर पनि समाजमा महिला हिंसाका चरण कायमै रहे । झन्–झन् नयाँ थपिंदैछन् किन कि हामीले शीशा उही राखेर फ्रेम मात्रै फेरिँदै आएका छौं जसको नतिजा यही हुनु थियो भईरहेको छ । गोल्छे सार्किले रामचन्द्रलाई संसदमा पिटे, विषेन्द्र पासवानले कुर्सि फोडे, मात्रिका यादवले एलडिओलाई शौचालयमा थुने । यि सबैका चश्मा एउटै थियो मात्र कुनै घटना बहुदलमा भए कुनै गणतन्त्रमा ।
आजका दिनमा काठमाण्डौंमा दलित पत्रकारले कोठाभाडामा पाउँदै, बागलुङका डेरीमा लगेको दुध बिक्दैन दलित किसानको, बर्षभरीमा बालीघरे प्रथामा एक पाथी मकैमा काम गर्नुपर्ने मजदुर, बोक्सीकै आरोपमा मलमुत्र खुवाईएकी एक नारी जस्ता घटनाहरू आज हाम्रो समाजमा भईरहेका छन् । पिडकहरू अलगअलग पार्टिमा आस्था राख्छन् पिडितले न्याय माग्यो भने मिलापत्र हुन्छ अनि हामी प्रत्येक केही बर्षमा चश्माको फ्रेम फेरिरहेका छौं तर पटक–पटक शीशा उही राखेका छौं जसका कारण दश बर्ष अघि मलमुत्र खुवाएका घटना आज सम्म चलिरहेको छ जहाँ मुकदर्शक समाजका अधिकारबादीदेखी मानव अधिकारबादी सबै त्यही शीशा बोकेर हिडेका छन् त्यसैले पिडित वा घटनाको फोटो खिच्न भ्याउँछ, भिडियो बनाउन भ्याउँछ तर रोक भनेर बोल्दा भ्याउँदैनन् । यो सब नयाँ बोतलका पुराना रक्सी जस्तै हुन ।
व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिनुको प्रमुख कारण पनि यही हो । जुन सत्तामा गए पनि कानुन अनुसार कार्वाही भन्दा आफन्त र नातेदार परे मिलापत्र गराउने वा शक्तिको दुरुपयोग गर्ने । हामीलाई देखाउने बेलामा एउटा चश्मा तर बेच्ने बेलामा अर्को चश्मा दिने ठग व्यापारी कुनै अरू कोही नभई राजनैतिक व्यापारी नै हुन । जो बस्तुको नभई हाम्रो भावनाको व्यापार गरेर मनग्य हुन्छन् तर जनता पनि धेरै जसो नेताकै चश्मा प्रयोग गर्छन अनि उही देख्छन् । अतः अब साँच्चै समाजमा परिवर्तन गर्ने हो भने चश्माको फ्रेम होईन शीशा पनि फेरौं अनि हेरौं दुध र पानी सजिलै छुट्टिन्छ ।
Previous Articleहुँदा भाँडो नहुँदाको ठाँडो कहिलेसम्म ?
Next Article जीप व्यवसायीको साधारणसभा शुरु