बागलुङ, २९ फागुन– रोट्रयाक्ट क्लब बागलुङले विश्व रोट्रयाक्ट सप्ताह अन्र्तगत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । सोमाबार सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले युवाहरु निस्वार्थ सेवामा लाग्नु सकारात्मक भएको बताए । रोट्रयाक्टको अनुशासनमा रहेर समाज सेवामा लाग्दा कयौं युवाहरुलाई कुलतबाट जोगाउन मद्धत पुग्ने भन्दै पौडेलले सामाजिक काममा युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै बक्ताहरुले सामाजिक र सामुदायिक संस्थाहरुले समाज परिवर्तनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दिपक रेगमीले रोट्रयाक्टले प्रहरीको सेवामा समेत सहयोग गरेको भन्दै रचनात्मक क्रियाकलापहरु सञ्चालन गरेकोमा रोट्रयाक्टको प्रसंसा गरे । रोट्रयाक्टको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार हाजिरजवाफ प्रतियोगिता, मंगलबार बागलुङ बजार सरसफाई, बुधबार मालढुङ्गाका अशक्तहरुलाई खाद्यान्न तथा लत्ताकपडा बितरण, बिहिबार म्याराथन दौड, शुक्रबार ट्राफिक चेतना, शनिबार लुँडो प्रतियोगिता र आईतबार छात्राबृत्ति बितरणको कार्यक्रम रहेको क्लबका उपाध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष बिजय राना, बागलुङ जेसिजका अध्यक्ष लाल कुमारी बस्नेत, नेपाल नेत्र ज्योती संघ बागलुङका उपाध्यक्ष भरत पुरी, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष धनबहादुर परियार, नेपाल बाणिज्य संघका केन्द्रिय सदस्य पुनम शर्मा, रोट्रयाक्ट क्लब जोन ४ जेडआरआरका दिपेन्द्र बहादुर घिमिरे, रोटरी क्लबका निवर्तमान अध्यक्ष नेत्रलाल न्यौपाने लगायतले बोलेका थिए । रोट्रयाक्टले पत्रकार महासंघको भवन निर्माण अभियानको लागि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक नगरप्रमुख जनकराज पौडेलले महासंघका कोषाध्यक्ष बिजय रानालाई हस्तान्तरण गरे ।
रोट्रयाक्ट क्लब बागलुङका अध्यक्ष नविन पन्तको अध्यक्षता, उपाध्यक्ष ताराप्रसाद शर्माको स्वागत, आगामी अध्यक्ष बलबहादुर थापाको धन्यबाद मन्तव्य र सचिव शिव केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleचैत्र २५ बाट यस बर्षको राष्ट्रपति रनिङ शिल्ड हुने
Next Article ढकालका केही मुक्तक हरु