बागलुङ, २९ फागुन– यस बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी चैत २५ गतेदेखी हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशन अनुसार चैतको अन्तिम साता प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितीले जनाएको छ । प्रतियोगीता सम्पन्न गर्नका लागि बिभिन्न उप–समिती समेत गठन भैसकेको जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए ।
हरेक बर्ष सञ्चालनहुने प्रतियोगिता बिगतका बर्षहरुमा जिल्लाका बिभिन्न क्षेत्रमा क्षेत्रगत रुपमा छनौट हुने र फाईनल खेल जिल्ला तहमा हुने भएको भएपनि यसबर्ष सिधै जिल्ला जिल्ला तहमा प्रतियोगिता हुने अध्यक्ष परियारले जानकारी दिए । क्षेत्रगत रुपमा प्रतियोगिता सञ्चालन गर्दा आर्थिक हिसाबले खर्चिलो हुने भएकाले सिधै जिल्लामा प्रतिष्पर्धा गराउने व्यवस्था गरीएको उनले बताए । सोमबार पत्रकार सम्मेलन गरी समितीले प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको छ । जिल्लाभरका १ सय ४ सामुदायिक बिद्यालय र २८ संस्थागत बिद्यालय गरी १ सय ३४ बिद्यालय सहभागी हुने प्रतियोगिता चैतको २५ गतेदेखि २८ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउनका लागि आर्थिक, खेलमैदान, रेफ्री, अतिथी सत्कार, स्वयमसेवक, प्राथमिक स्वास्थय उपचार, भलिबल, कब्बडी लगायतका बिभिन्न उप–समिती गठन गरीएको अध्यक्ष परियारले बताए । ११ लाख ५१ हजार १ सय १० रुपैयाँ खर्च हुने गरी आयोजना भएको प्रतियोगिताको लागि मन्त्रालयले झण्डै ५ लाख रुपैया सहयोग गर्ने र बाँकी रकम खर्च व्यवस्थापनको लागि सहयोग उठाउने काम समेत सुरु गरिएको परियारले बताए ।
गत बर्षसम्म कक्षा १० सम्मका बिद्यार्थी मात्रै सहभागी हुन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखी कक्षा १२ सम्मका १८ बर्ष उमेर नपुगेका बिद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेको जिल्ला खेलकुद बिकास समितीले जनाएको छ । प्रतियोगिताको लागि आवश्यक तयारीको थालनी भएको समित्रीले जनाएको छ । समितीले जिल्लाको गौरवको रुपमा रहेको प्रतियोगीतालाई सघाउन भनेको छ ।
Previous Articleबाख्रा पाल्दा गाउँमै बढी कमाई
Next Article विश्व रोट्याक्टमा सप्ताह व्यापी विविध कार्यक्रम