वासिङटन – हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो।
उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ। तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ। विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ। वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ। (सिन्ह्वा)
Previous Articleभदाैमा ‘मिस्टर भर्जिन’
Next Article न्यायाधीशबाटै प्रधानन्यायाधीश पराजुली पदमुक्त !