चलचित्र ‘मिस्टर भर्जिन’ ले आउँदो वर्षको भदौ १ गते रिलिज मिति तय गरेको छ । चलचित्रमा गौरव पहारी , मरिश्का पोख्रेल, कमलमणि नेपाल, विजय बराल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मिस्टर भर्जिन’ तीन युवाको यौन मनोविज्ञानको कथामा आधारित छ । चलचित्रमा महेश दवाडीको कथा रहेको छ भने खिलेन्द्र तिमिल्सना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ त्यसैगरी सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।
वोल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ । गीत १ लाख ८० हजार जनाले हेरिसकेका छन् ।
Previous Articleयसरी भयो विमान दुर्घटना
Next Article सन् २०५०सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने!