बागलुङ, २८ फागुन–शान्ति नेपाली समाज बेलायत र शान्ति नेपाली समाज नेपालले यहाँका दुई बिद्यालयका बिपन्न बिद्यार्थीलाई सहयोग गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको पल्लोपाखा माध्यामिक बिद्यालय र कुश्मी प्राथमिक बिद्यालयका १÷१ जना जेहेन्दार विपन्न बालिकाहरुलाई सहयोग गरेको समाजले जनाएको छ ।
आईतबार पल्लोपाखा माध्यामिक बिद्यालयमा एक समारोहको आयोजना गरी समाजले बिद्यालय पोशाक, शैक्षिक सामाग्री र जनहि ५ हजार ५ सय रुपैयाँका दरले नगद सहयोग समेत हस्तान्तरण गरेको बिद्यालयका प्रधानाध्यापक टेकनारायण आचार्यले बताए । प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ बरावरको सामाग्री र ५ हजार ५ सय रुपैयाँ नगद गरी १० हजार रुपैयाँ बराबरको सहयोग गरेको आचार्यले बताए । पल्लोपाखा माध्यामिक बिद्यालय कक्षा ३ मा अध्ययनरत सस्मिता सापकोटा र कुश्मी प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत प्रमिला पौडेलले सहयोग पाएका हुन् । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलापमा थप प्रेरणा प्रदान गर्न आफुहरुले सहयोग गरेको शान्ति नेपाली समाज बेलायतका नेपाल निर्देशक कमला उपे्रतीले बताईन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उप्रेतीले सामाजिक उत्तरदायित्व बहन गर्ने हरेक नागरिकको कर्तव्य हुने भन्दै बिद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ शर्माको अध्यक्षता, प्रधानाध्यापक टेकनारायण आचार्यको स्वागत र शिक्षक राजु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleबिना जानकारी बिद्युत अबरुद्ध हुँदा जनजीवन प्रभावित
Next Article आयोजनाको मुआब्जा विवाद सुल्झियो रोेकिएको काम सुरु