बागलुङ, २८ फागुन– करेन्ट तयारी चाउचाउले आईतबारदेखी बागलुङमा आफ्नो बजार प्रबद्र्धन गरेको छ । बुटबल, नेपालगन्ज, बिर्तामोड, पोखराहुँदै बागलुङ बजारमा उक्त चाउचाउको बिक्री बितरण सुरु भएको हो । बागलुङ बजारमा आइतबारदेखि बिक्री बितरणको काम सुरु भएको यशोदा फुड्स प्रा.लि.का बागलुङका सेल्स म्यानेजर दिपेन्द्र पौडेलले बताए । बागलुङको मुख्य बजारमा १ दिने बितरण कार्यक्रम गर्दै आफ्नो औपचारिक बिक्री बितरण सुरु गरेको कम्पनीले जनाएको छ । यशोदा फुड्स प्रा.लि.ले उत्पादन गरेको उक्त चाउचाउ स्वादिलो र गुणस्तरीय रहेको कम्पनीले दाबी गरेको छ । ७५ ग्राममा उपलव्ध हुने उक्त चाउचाउको मुल्य १८ रुपैयाँ रहेको पौडेलले बताए । कम्पनीले यसअघि लाली र जुपी तयारी चाउचाउसँगै चिजबल उत्पादन गरेर बजारमा ल्याईसकेको छ । यस अगाडिका उत्पादनलाई निरन्तरता दिँदै नयाँ उत्पादीत चाउचाउ बजारमा ल्याएको पौडेलले बताए ।