बागलुङ, २८ फागुन– एकता सहकारी संस्था लि.बागलुङले सहकारी अवलोकन भ्रमण गरेको छ । संस्थाका संचालकहरुलाई अन्य सहकारीले गरेका कार्यप्रगतीको बिषयमा जानकारी गराउँदै संस्थागत बिकाशको ज्ञान दिन अवलोकन भ्रमण गराईएको संस्थाले जनाएको छ । अध्यक्ष ध्रुबप्रसाद शर्माको नेतृत्वमा रहेको भ्रमण टोलीले कास्किको हेम्जास्थित गौरिशंकर बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरी संस्थाको गतिविधी बारे जानाकारी लिएको थियो । टोलिले हेम्जामा सञ्चालित कृषि फर्मको अवलोकन गरेको प्रबन्धक दिपकजंग राजभण्डारीले बताए । पोखरामा संस्था बिकास तालिम समेत दिईने उनले बताए ।
Previous Articleकर्मचारी नहुँदा प्रदेश अप्ठ्यारोमा !
Next Article करेन्ट चाउचाउ अब बागलुङ बजारमा