बागलुङ, २७ फागुन– गल्कोट नगरपालिका–११ रिघाको खेल मैदानमा गत फागुन १९ गते सुरु भएको बागलुङ पश्चिमकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको उपाधि रानीबगिया युवा क्लब बुटवलले जितेको छ । आयोजक रिघा खेलकुद विकास समितिलाई ०–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । बिजयी टिमले १ लाख १ हजार १ सय ११ नगदसहित मेडल र ट्रफी हात पार्न सफल भएको छ । त्यस्तै, रिघा खेलकुद विकास समिति रिघा उपविजेता बन्दै ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, खुल्ला सामूहिक लोकनृत्य प्रतियोगीतामा ग्वालीचौर प्रथम, पाण्डवखानी द्धितिय र आयोजक तृतिय भएका छन् ।
प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमशः २० हजार २ सय २२, १० हजार १ सय ११ र ५ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै, ऐतिहासिक धनुषवाण प्रतियोगितामा शिव मिलन युवा क्लब रिघा लाम्चे प्रथमहुँदै १० हजार हात पारेको छभने आयोजक द्वितिय भई ५ हजार प्राप्त गरेको छ । कार्यक्रममा स्थानिय सोरठी, घाटु लगाएतका साँस्कृतिक झलक र झाँकीहरुको प्रदर्शन गरिएको थियोभने कार्यक्रमको लागि सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको लागि झण्डै ११ लाख बढी खर्च भएको र २५ लाखभन्दा बढीको कारोवार भएको वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीसले बताए । कार्यक्रमको अन्तिम दिन पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगितको समापन समारोहलाई सम्बोधन गर्दै खेलमा अनुशासन महत्वपूर्ण हुने हुनाले खेलाडीलाई सचेत हुन आग्रह गरे । उनले फुटबल खेलमा रिघा अघि बढिसकेको चर्चा गर्दै थप पूर्वाधार विकासका लागि राज्यले लगानी गर्नु पर्ने बताएका थिए । समापन समारोहमा पश्चिमाञ्चल सदस्य एवं धौलागिरि इन्चार्ज सम्पन्न श्रेष्ठ, खेलाडी थम प्रकाश पुन लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम खेलकुद विकास समिति रिघाका अध्यक्ष दानबहादुर श्रीसको अध्यक्षता, सचिव इन्द्रा काउचाको स्वागत तथा सल्लाहकार देव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ पश्चिमकै सर्वाधिक पुरस्कार राशीको फुलबलको उपाधि बुटवलले जित्यो
Previous Articleचैत्रको पहिलो साता टि–ट्वान्टी क्रिकेट
Next Article जमीनमुनिको यात्रा–६