काठमाडौं, २५ फागुन – प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका छन् । शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ ।
स्वतन्त्र सांसद दीपक मनाङे निलम्बनको अवस्थामा रहेको र सभामुख नेत्रनाथ अधिकारीले मत दिएनन् । कांग्रेसका १५ र नयाँ शक्तिका दुई जना सांसदले भने विपक्षमा मत दिए ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
Previous Articleअन्तर कलेजको उपाधि डिग्नीटिलाई
Next Article बागलुङ बसपार्क निर्माणका लागि ऋण सम्झौता