बागलुङ, २५ फागुन– धौलागिरी अञ्चल कलेज स्तरिय फुटबल प्रतियोगिताको उपाधि डिग्नीटि कलेज बागलुङले जितेको छ । निकै नै रोमाञ्चक बनेको खेलमा डिग्नीटिलाई उपाधि जिताउन दिलिप जिसीले निर्णायक गोल गरे । दोस्रो हापको २० मिनेटमा डिग्नीटिका नारायण खत्रीले प्रहार गरेको फ्रि–किक बल फ्युचर ब्राइटर आवासिय माविका गोलरक्षक इन्सान थापाले पन्च गरेको बलमा डिग्नीटिका दिलिप जिसीले आर्कषक गोल गरेको थिए ।
गोल खाएपछि प्रेसरमा परेको फ्युचरले आक्रमक खेल प्रस्तुत गरेपनि अनलक्की सावित भयो । फुयुचरका खेलाडिले प्रहार गरेको बल गोल बारमा लागेर फर्कनु, गोल गर्ने राम्रा अवसर गुमाउनु नै विजयी यात्राको बाधक बन्यो । फाइनल खेलमा फ्युचरका लेफ्ट विंगर आशिष केसी र डिग्नीटिका अशोक केसीले रातो कार्ड खादै मैदानबाट बाहिरिनु प¥यो । धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन भएको एक वर्ष पुगेको उपलक्ष्यमा धौलागिरी अंचल कलेज स्तरिय फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेता डिग्नीटि कलेजले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छभने उपविजेता फ्युचरले ५० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताका विजयीलाई समाजसेवी देवबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।