बागलुङ, २५ फागुन–धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन भएको एक वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरेको धौलागिरी अञ्चल कलेज स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा डिग्नीटि कलेज र फुयुचर ब्राइटर आवासिय विद्यालय आमनेसामने हुने भएका छन् । बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा डिग्नीटि कलेजले संघर्षपुर्ण जित हात पा¥यो ।
गलकोट बहुमुखी क्याम्पसलाई ०–१ गोलले पराजित गर्दै डिग्नीटिले फाइनल यात्रा तय गरेको हो । डिग्नीटिलाई फाइनल पु¥याउनका लागि स्ट्राइकर निशान बोहराले गोल गरेका थिए । आफ्ना खेलाडिलाई लडाएपछि पाएको फ्रि–किकलाई डिग्नीटिका स्ट्राइकर बोहराले आर्कषक गोलमा परिणत गर्दै फाइनल यात्रा तय गराएका थिए । निकै नै संघर्षपुर्ण खेलको इन्जुरी समयमा पाएको फ्रि–किकलाई गोलमा परिणत गरेका बोहरा म्यान अफ दि म्याच घोषित भए । यस्तै, दोस्रो सेमीफाइनलको खेलमा भने अमृत आदर्श उच्च माविमाथि गोलको वर्षा गर्दै फ्युचर ब्राइटर आवासियले सहज रुपमा फाइनल यात्रा सुरक्षित ग¥यो ।
निकै नै कमजोर खेल प्रदर्शन गरेको अमृत आदर्शमाथि हाबी हुँदै फ्युचर ०–७ गोलले विजयी भयो । आफ्नो टिमलाई फाइनल यात्रा तय गराउन फ्युचरका लेफ्ट विंगर आशिष केसीले ४ गोलको योगदान गरे । उत्कृष्ट खेलाडिले भरिएको फ्युचरको जितका लागि कमल थापाले २ र विशाल खड्काले १ गोलको योगदान गरे । अन्तर कलेज फुटबलको फाइनल भीडन्त शुक्रबार दिउँदो १ बजे हुने स्ववियू सभापति मनबहादुर थापा (मनिष) ले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छभने उपविजेताले ५० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Previous Articleगर्मी याममा छालाको हेरचाह र सुन्दरताको सूत्र
Next Article ९ बुँदे जारी गर्दै सम्पन्न भयो प्रथम महिला सम्मेलन