बागलुङ, २५ फागुन– बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजन तथा अञ्चलस्थित प्रारम्भिक सहकारी संस्थाहरुको आर्थिक सहयोगमा बुधवार बागलुङ बजारमा आयोजित प्रथम महिला सम्मेलन ९ बुँदे बागलुङ प्रतिवद्धता–पत्र जारी गर्दै सकिएको छ । प्रतिवद्धता–पत्रमा कर्मचारीको श्रमको उचित मूल्यका लागि पहल गर्ने, सहकारी सम्बन्धि नीति, कार्यक्रम, बजेट र कानुनी ब्यबस्थाका लागि अभियानसंग समन्वय गर्ने, सहकारीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चिततासंगै पदाधिकारीमा सहभागिताका लागि पहल गर्ने, बागलुङ, पर्वत, म्याग्दीका अधिकांस महिला, छोरीहरुलाई वित्तीय रुपमा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने, सहकारी महिला संजालमा आबद्ध हुदै सहकारीको गुणात्मक बिकाशमा पहल गर्ने, स्थानीय तह मा सहकारी मैत्री ऐन नियम बनाउन बजेट बिनियोजन का लागि पहल गर्ने, महिला, श्रमिक र बिपन्न बर्गको सहकारीमा सहभागिता सुनिश्चताताका लागि पहल गर्ने, दिगो विकास लक्ष्य २०३० प्राप्तीका लागि पहल गर्ने र सहकारीले गरेका असल अभ्यासहरुको प्रचार–प्रसार गर्ने रहेका छन् ।
विषयहरु समावेश छन् । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको पुर्वसन्ध्यामा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.वि. उप्रेतीले महिलाहरुको सशक्तिकरणका लागि गरिएको आरक्षणको व्यवस्था कुनै निश्चित समय सम्मका लागि मात्र हुनुपर्ने बताएका थिए । आरक्षणले प्रतिस्पर्धा गर्ने क्षमतामा ह्रास ल्याउने तथा महिलाहरुमा आफुमै पुरुषहरु भन्दा कमजोर हुँ भन्ने भावाना विकास हुने हुँदा २१ औं शताब्दीको बद्लिदो परिवेशमा आरक्षणलाई हटाएर स्वस्थ प्रतिस्पर्धामा जानुपर्ने उप्रेतीको भनाई थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक महिला अधिकारकर्मी शान्ति अधिकारी, अन्तराष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र, विश्व विद्यालय÷क्याम्पस कमिटीका उपाध्यक्ष इन्दिरा पन्त लगायतले बोलेका थिए ।
बागलुङ, पर्वत र म्याग्दीका सहकारी संस्थाका महिला प्रतिनिधिको उपस्थिती रहेको सम्मेलनमा सहकारीमा महिला सहभागीता सन्दर्भः १०८ औं अन्तराष्ट्रिय महिला दिवश विषयक कार्यपत्र नेफ्स्कूनका सञ्चालक शान्ति अधिकारी, वित्तीय साक्षरता विषयक कार्यत्रपत्र अन्तराष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र, विश्वविद्यालय÷क्याम्पस कमिटीका उपाध्यक्ष इन्दिरा पन्त र नेपालको सहकारी अभियानमा महिला सहभागिता, सशक्तिकरण र बागलुङको अवस्था विषयक कार्यपत्र जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्माले प्रस्तुत गरेका थिए ।
Previous Articleडिग्नीटी र फ्युचर फाइनलमा भीड्ने
Next Article २५ फागुन २०७४, ढोरपाटन दैनिक