बागलुङ, २४ फागुन– बिभिन्न सञ्चार माध्याममा पत्रकार महासंघको भवन निर्माण अभियानको बिषयमा समाचार पढेर प्रभावित भएका यहाँका एक व्यक्तिले महासंघ भवन निर्माणका लागि सहयोग गरेका छन् । बागलुङ नगरपालिका–२ का नरिश्वर शर्माले पत्रकार महासंघ भवन निर्माण अभियानलाई सघाएका हुन् । आफ्नो ६९ औं जन्मदिनको अबसरमा महासंघ भवन निर्माणका लागि भन्दै ५ हजार १ सय ८ रुपैयाँ पत्रकार महासंघको टोलीलाई घरमै बोलाएर शर्माले हस्तान्तरण गरेका थिए ।
टेलिभिजन र पत्रपत्रिकामा पत्रकार महासंघको भवन निर्माण अभियानबारे समाचारहरु आईरहँदा आफुलाई पनि अभियानमा जोडिन मन लागेर सहयोग गरेको शर्माले बताए । थोरै रकम भए पनि शर्माले देखाएको सद्भावले महासंघको अभियानमा फरक सन्देश दिएको पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले बताए ।
शर्माले पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, आदिवासी जनजाति पत्रकार संघ बागलुङका अध्यक्ष संगम घर्तिमगर लगायतको टोलीलाई घरमै बोलाएर रकम हस्तान्तरण गरेका थिए । जन्मदिनको अवसरमा पत्रकार महासंघको भवन निर्माण अभियानलाई सम्झेको भएपनि रकम हस्तान्तरण गर्ने मौका नमिलेकाले मंगलबार रकम हस्तान्तरण गरेको शर्माले बताए ।
Previous Article२०७४ फागुन २४ गते बिहिबारको राशिफल
Next Article चल्ने भो चिलगाडी अब गुड्ने की उड्ने ?