बागलुङ, १४ असोज – विद्यालय तहको शैक्षिक गुणस्तर सुधार गर्ने तथा विदालय सुधार योजनामा विपद व्यवस्थापनलाइ प्राथमिकता दिने लगायतका १९ बुँधे घोषणापत्र जारी भएको छ । जिल्लाका सबै माविका प्रअको भेलामा जिल्ला शिक्षाले तयार गरेको घोषणापत्रमा विद्यालयहरुले सहमति र आवस्यक शंसोधन समेत गरेर पारित गरका हुन् ।
विहिवार भएको भेलाले विद्यालय व्यवस्थापन तथा शैक्षिक उपलब्धी सुधारका लागि प्रअ, शिक्षक र अभिभावक समेत प्रतिवद्ध भएर लाग्ने पनि प्रतिवद्धता जनाएका छन् । क्षेत्रगत रुपमा गरिंदै आएको भेला यो पटक जिल्लास्तरीय रुपमा गरेर कार्यालयले विद्यालय सुधार योजनामा अनिवार्य विपद व्यवस्थापनलाइ जोड्न लगाएको हो ।
केही विद्यालयले यो अभियान थालिसकेका छन् भने केहीले शुरु समेत गर्दै थिए । सुधार योजना निर्माणको बर्ष भएकोले छलफल बाट उक्त घोषणा आउँदा विद्यालय क्षेत्रको समग्र विकास हुने विश्वास लिइएको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बताए । घोषणाले विद्यालयको भौतिक पुर्वाधार सुधारका लागि गुरु योजना निर्माण गर्ने, विद्यालयको सेवा क्षेत्र एकिन गरी सबै बालबालिकालाई विद्यालय ल्याउने, शैक्षिक सत्रको अन्तसम्म भर्ना भएका सबै बालबालिका टिकाई राख्न बालमैत्री विद्यालय व्यवस्थान गर्नुपर्ने स्पष्ट लेखिएको छ । बागलुङका ग्रामीण भेगका अधिकांस विद्यालयमा भर्ना भएका मध्ये आधाबढी बिचैमा छाड्नेदर छ ।
कक्षा १ मा भएको भर्ना दरलाइ अध्ययन गर्दा एसएलसी परिक्षामा पुग्दा ५५ प्रतिशत सम्म बालबालिकाले बिचैमा पढाइ छाडेको देखिन्छ । उक्त भेलाले विद्यार्थीको मूल्यांकन मार्फत सर्वाङगिण विकासमा जोड दिने समेत निर्णय गरेको हो । विद्यार्थी अनुपस्थित भएमा अभिभावकसँग कम्तिमा चौमासिक छलफल तथा अन्तरक्रिया गर्ने र कमजोरी खोजी गरेर समाधान गर्ने समेत बताइएको छ ।
हरेक विद्यालयमा एक पुस्तकालयको अनिवार्य व्यवस्थापन, सूचना प्रविधि सहितको शिक्षण, श्रव्य दृष्य सामाग्रीद्धारा शिक्षण गर्नुपर्ने, विज्ञान प्रयोगशालाको अनिवार्य व्यवस्थालाइ समेत घोषणामा समावेश गरिएको छ । सामान्य अवस्थाको भन्दा फरक रुपमा भने भवन संहिता तथा भूकम्प प्रतिरोधी वा अन्य प्रकारका प्रकोप र जोखिम व्यवस्थापनलाइ थेग्ने गरी पूर्वाधार निर्माण गर्नेखालको योजना बनाएर कार्यान्वयन समेत गराउन पहल गर्ने शाखा अधिकृत खेमप्रसाद आचार्यले बताए । हरेक सामुदायिक विद्यालयमा शैक्षिक उपलब्धि प्राप्तीका लागि कक्षा ६ देखि माथिका प्रत्येक विद्यार्थीलाई प्रथम त्रैमासिक परिक्षाको नतिजाको आधारमा बार्षिक परिक्षामा ल्याउने घोषणामा उल्लेख छ ।
त्यस्तै बिषयगत प्राप्ताङकको लक्ष्य किटान गराएर अभिभावकलाई जानकारी गराउनका लागि प्रअहरुलाइ आग्रह गरिएको उनले जानकारी दिए । परिवर्तित शिक्षा ऐन तथा नियमावली अनुसार व्यवस्थापन समिति गठन गर्ने, विद्यालय सञ्चालन गर्ने लगायतका बिषयमा छलफल भएको थियो । सो अवसरमा कार्यालयका शाखा अधिकृत खेमराज आचार्यले आ.व ०७३/७४ को बार्षिक कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
Previous Articleशुल्क वृद्विको विरोध
Next Article सार्क सम्मेलन स्थगित गर्ने पाकिस्तानको घोषणा