काठमाडौं, १४ असोज-भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ । भारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ । सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गर्यो ।
त्यसपछि अफगानिस्तान बंगलादेश र भुटानले सहभागी नहुने घोषणा गर्यो । शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि पाकिस्तानले सार्क स्थगितको घोषणा गरेको छ । पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ ।
Previous Articleविपद व्यवस्थानको लागि घोषणापत्र जारी
Next Article आफैले फेल गराएको तीन विधेयक बहुमतले पारित