बागलुङ, २३ फागुन– भू.पू.सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा संस्थाका सञ्चालक, सल्लाहकार लगायत विभिन्न उपसमितिका सदस्य, शेयर सदस्यहरु र कर्मचारीका लागि मंगलबार एक दिने सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार स्तम्भका रुपमा कायम गर्नका लागि यसका मूल्य मान्यता र सिद्धान्तको परिपालनामा जोड दिएका छन् ।
उनले सहकारी ऐन २०७४ सम्बन्धी कार्यक्रममा सहजीकरण गर्दै उहाँले सहकारी ऐनले सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यलाई जिम्मेवार भएर आर्थिक लगायत कारोबार गर्न तथा सहकारीको मर्म र भावना अनुसार अगाडि बढ्न प्रेरित गरेको बताए । कार्यक्रममा संस्थाको वर्तमान अवस्था, आगामी कार्ययोजना लगायतका विषयमा संस्थका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीले जानकारी गराएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षता, ऋण उपसमितिका संयोजक खर्कबहादुर रोकाको स्वागत र सचिव कोषाध्यक्ष नरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, शेयर सदस्य र कर्मचारी सहित १ सय २० जनाको सहभागिता रहको थियो । सेनाबाट निवृत भएका र सेना कार्यरतहरुका परिवारका सदस्यहरु शेयर सदस्य रहेको भू.पू. सैनिक सहकारीमा ३ सय ५० जना शेयर सदस्य, १ करोड शेयर रकम, ३ करोड बचत र ४ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक अञ्जु खड्का केसीले बताइन् ।
Previous Articleपरंपरागत रुपमा उत्पादन गरिने बुट्टेनली बनाउने तालिम शुरु
Next Article बागलुङका अधिकांश माविमा शिक्षक अभाव