पर्वत, १४ असोज – जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतका विभिन्न गाउँबाट करिव ९ हजार गाँजाका बोट नष्ट गरेको छ । पूर्ण व्यवसायिक रुपमा पर्वतका कुनै पनि गाउँमा गाँजाको खेती नगरिएपनि गाउँमा अर्ध व्यवसायका रुपमा फस्टाउँदै गरेका गाँजा नष्ट गरेको हो ।
चालु आर्थिक बर्षको शुरुदेखि हालसम्म प्रहरीले ८ हजार ९ सय ५० गाँजाका बोट नष्ट गरिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले मातहतका प्रहरी पोष्टलाई परिचालन गरी उक्त गाँजा नष्ट गरिएको प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
सामाजिक रुपमा विकृति फैलिँदै गएपछि गाँजा नियन्त्रण अभियानलाई प्राथमिकता दिइएको विष्टले बताए । पछिल्लो समयमा विभिन्न बजार क्षेत्रका कुलतमा फसेका युवाहरु गाउँ गाउँमा पुगेर गाँजा किन्ने र झनै कुलतको दलदलमा फस्ने गरेको पाइएकाले नियन्त्रण गर्न अभियान थालिएको उनले बताए ।
Previous Articleमुस्ताङ ४०० मेट्रिक टन स्याउ उत्पादन
Next Article शुल्क वृद्विको विरोध