बागलुङ, २३ फागुन– गुयली जाने मोटरबाटाको ट्रयाक निर्माण कार्य सम्पन्न भएको छ । गलकोट नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को बिनियोजित बजेटबाट पुर्बाधार विकासतर्फ गुयली जाने बाटोको लागिी २ लाख रुपैयाँ बिनियोजन गरेको थियो । उक्त रकमद्धारा सुरुवात गरिएको गुयली जाने मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको चरौदी गुयली सेतीबेशी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खत्रीले जनाकारी दिए । गलकोट नगरपालिकाद्वारा अनुमति प्रदान भएबमोजिम लागत स्टिमेट, योजनाको काम शुभारम्भ भएको बताउदै अध्यक्ष खत्रीले सेतीबेसीदेखी गुयलीहुदै चरौंदीसम्म करिब साढे २ किलोमिटर मोटरबाटोको निर्माण गरिएको बताए ।
खत्रीले गलकोट नगरपालिकाबाट बिनियोजित बजेट २ लाखले ३ सय मिटर बाटो निर्माण गर्न पनि नसकिने अबस्था थियो तर निकै थोरै बस्ती रहेको गुयलीको पुर्बाधार बिकासको लागि स्थानिय उपभोक्ताले आर्थिक सहयोग संकलन गरेकोले मोटरबाटोको ट्रयाक निर्माण कार्य सम्पन्न भएको बताए । मोटरबाटो निर्माण गर्दा करिब १३ लाखभन्दा बढी खर्च भएको उपभोक्ता समितिको भनाई छ । गुयली जाने मोटरबाटोको लागि स्थानिय उपभोक्ताको तर्फबाट करिब ८ लाख संकलन भएको गलकोट नगरपालिकाबाट बिनीयोजित बजेट गरि निर्माण सम्पन्न भएको भएपनि करिब ३ लाख रुपैंयाँ रकम अझै अभाब भएको सचिब जीवनकला खत्रीको भनाई छ । गलकोट नगरपालिका बडा नम्बर ६ को गुयलीलाई विकासको दृष्टिले निकट तर भौगोलिक बनाबटका आधारमा बिकट क्षेत्रको रुपमा रहेको बडा नम्बर ६ का बडा अध्यक्ष नरबहादुर खत्रीले बताए ।
गुयलीमा करिब ५ घरपरिबार रहेका छन्भने मोटरबाटोले करिब ३० घर परिबारलाई प्रत्यक्ष रुपमा सहजता मिल्ने स्थानिय उपभोक्ता मनबहादुर खत्रीको भनाई छ । मोटरबाटो निर्माण भएलगत्तै बिरामीलाई अस्पतालमा ल्याउन, सामान ढुबानी गर्न सहजता मिल्ने स्थानिय कर्णबहादुर खत्रीले बताए । मोटरबाटोको ट्रयाक निर्माण भएपनि नाली कटान र बाटोलाई गे्रडिङ अनुसार फिनिसिङको काम बाँकी रहेको छ । फिनिसिङ र नाली कटान लगत्तै उद्घाटन गरिने समितिका उपाध्यक्ष केशब बस्नेतले बताए ।
Previous Articleपर्वतका सात ग्रामिण सडक कालोपत्र हुँदै
Next Article म्याग्दीमा ‘आमासंग प्रहरी’ कार्यक्रम