मेघराज पाण्डे
भाग्यो सत्य कुरा छिप्यो सरलता, देशमा कमिसन बढ्यो
खम्बा एक थियो पवित्र दिलको, त्यो आत्म साक्षी ढल्यो ।
ल्यायो कपटीपना बुनेर सपना, लौ बेईमानी चल्यो
लायो बृक्ष बुझेर अमृत भनी, फल्दा बिषालु फल्यो ।।
चल्छन् यि नव योजना मुलुकमा, हेर्दा कति सुन्दर
भित्री मन त कपट भरेर रहने, यो बाहिरी डम्बर ।
घैटो थापि बसीरहेछ घरमा, पुग्छन् यि घरका घरै
पोख्न यि पसिना भिजाई कपडा, ज्यामी मरेका मरै ।।
हाम्रो मात्र भएर पुग्दछ यहाँ, राम्रो त चाहिन्न रे
जस्को पहुँच हुँदैन यो मुलुकमा, खोजेर पाईन्न रे ।
कामको सुन्दरता हवस की नहवस, पैसा त चाहिन्छ रे
जसले यस रितले चलेन भने, धोका त पाईन्छ रे ।।
कहिले हुन्छ त खै सबै जनको, इच्छा सकरात्मक
अर्काले त ग¥यो कुनैपनि कुरा, बन्छन् सधैं बाधक ।
मुलबाटै धमिलो चल्यो यदि भने, कुलो त सङ्लिन्न रे
धेरै बिन्ती गरेपनि अबुझको त्यो छाति पग्लीन्न रे ।।
देशको प्रेम, दया, कृपा र करुणा, भाग्यो कता गो कता
मानिस भैकन निर्दयी किन बन्यो, यसको लगाउ पत्ता ।
पैसाको कमी भए मान्दछौ यदि भने, जाउ हरिथैं भन
भक्ति भाव बढाउ, इस्वरमा सप्रन्छ यो जिवन ।।