बागलुङ, २२ फागुन– दुगन्धित बस्तु बेचेको भन्दै उपभोक्ता मञ्च बागलुङले जिल्ला प्रशासन कार्यालयमा गरेको उजुरीप्रति कालिका सपिङ सेन्टरले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार प्रेस बिज्ञप्ती प्रकाशित गर्दै सेन्टरले उजुरीको बिषयमा आएका समाचारप्रति समेत ध्यानकाकर्षण भएको जनाएको हो । उपभोक्ता मञ्चले कपोकल्पित रुपमा कसैलाई फसाउन गलत मनसायले उजुरी गरेको भन्दै सेन्टरले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सपिङ सेन्टरका प्रोपाईटर जयभद्र कँडेलद्धारा जारी बिज्ञप्तीमा बिना आधार उजुरी गर्ने र चेकजाँच नै नगरी उपभोग योग्य नरहेको भन्दै अफवाह फैलाएको आरोप लगाईएको छ । ‘मरो पसलबाट खरिद गरिएको बस्तुको उपभोग गरी विरामी भएको भन्ने आरोप पूर्वाग्रही र तथ्यमा आधारित छैन्’ बिज्ञप्तीमा भनिएको छ ‘मेरो पसलबाट खरिद गरिएको बस्तु उपभोग गरी समुहिक रोहवरमा लिएर प्याक गरी मान्यता प्राप्त संस्थाबाट जाँच गर्दा मिति गुज्रेको ठहरेमा नेपाल सरकारको उपभोक्ता ऐन अनुसार जस्तोसुकै कार्वाही भोग्न तयार छु ।’ कँडेलले आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै यस्ता कार्यको प्रतिकार गर्ने जनाएका छन् । गत आईतवार उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले कालिका सपिङ सेन्टरले दुर्गन्धित पापड बेचेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।