बागलुङ, २१ फागुन– नेपाल आदिवासी जनजाति महासंघको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँकोट सापकोटा चोकमा नवनिर्मित वडा समन्वय समिति भवनको शुक्रवार उद्घाटन गरिएको छ । भवनको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि गाउँपालिका प्रमुख अमर थापाले कला संस्कृतिको संरक्षण र विभिन्न जातजातिहरुको पहिचान जोगाउन लागि पने बताए । थापाले राज्य यसरी हरेक क्षेत्रलाई दिनुपर्ने सेवा दिन नसकेको बताउदै यसरी नागरिकस्तर बाटै लाखौ खÞर्च लाग्ने भवन निर्माण हुनुले समाज विकाश गर्न जनताहरु निक्कै नै उत्साहित भईरहेको बताए । नेपाल आदिवासी समन्वय समितिकी कोषाध्यक्ष भुना देवी पुनले आर्थि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवन निर्माण गर्न रु १२ लाख ६९ हजार खÞर्च लागेको बताउदै सरकारबाट केही सानों सहयोग भएतापनि आफुहरुले ऋणमा नै भवन निर्माण गरेको बताउदै सबैलाई सहयोग जुटाईदिन आग्रह गरेकी थिईन ।
वडा अध्यक्ष शिवप्रसाद कँडेल, कार्यपालिका सदस्य टिका संगम विक, वडा ५ का वडा सदस्य खगीसरा न्यौपाने, वडा नम्बर ४ वडा सदस्य रिम बहादुर पुन, तारा गाउँपालिका वडा सदस्य गौरी गुरुङ, महिला संजालकी ज्ञानकुमारी श्रीस, भवन निर्माण समितिका संयोजक प्रेम श्रीस, समाजसेवी राजु सापकोटा लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत ईन्द्रेणी जनजाति समुहका अध्यक्ष प्रेम पुन गरेका थिए । जग्गादाता ईन्द्र पुन र उनको परिवारलाई सम्मान गरिएको कार्यक्रममा नेपाल आदिवासी जनजाति गाउँ समन्वय समितिका अध्यक्ष सुबेदार कृष्णबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन यसै संस्था का सदस्य दुर्गाबहादुर पुनले गरेका थिए ।