बागलुङ, २१ फागुन– जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरा बजारमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ । ग्लोबल आइएमई बैंक लि. कुश्मीशेरा शाखाले पहिलोपटक एटिम सेवा सञ्चालनमा ल्याएको हो । प्रबिधिको प्रयोग गरी सेवा लिने संख्या बढ्दै गएको र ग्राहकको सुबिधालाई मध्यनजर गरी बैंकले एटिएम सेवाको सुरु गरेको बैंकका शाखा प्रवन्धक प्रकाश शर्माले बताए ।
केही बर्ष पहिलाबाट आफ्नो बैंकिंङ सेवा प्रदान गर्दै आएको बैंकले प्राबिधिक कारण देखाउँदै हालसम्म पनि एटिएम सेवा सञ्चालनमा ल्याउन सकेको थिएन् । खातामा रहेको रकम निकाल्न चेक लिएर लामो लाईनमा बस्नु पर्ने बाध्यता रहेका सर्वसाधारणको लागि एटिएम सेवाले सहजता प्रधान गर्ने शर्माले बताए ।
सहज बंकिंङ सेवा पाउने भएपछि ग्राहकहरुको संख्यामा समेत बृद्धि हुने बैंकले जनाएको छ । एक दिनमा एक ब्यक्तीले एक लाखसम्म निकाल्न पाउने र दिनको ३ पटक कारोबार गर्न सक्ने बैंकले जनाएको छ । एकै व्यक्तिले एक पटकमा ३५ हजार सम्म निकाल्न पाउनेछन् । कुश्मीशेरा ग्लोवल आईएमई बैंक र ओम डेभलेपमेण्ट बैंकले आफ्नो सेवा दिंदै आएका छन्भने सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको शाखा समेत पुर्नस्थापित हुने चरणमा रहेको छ । द्धन्द्धका बेला बिस्थापित भएको राष्ट्रिय बाणिज्य बैंकले आफ्नो शाखा पुर्नस्थापित गरेपछि नगरपालिकाको केन्द्र रहेको कुश्मीसेरामा तिनवटा बैंकले सेवा सञ्चालन गर्ने छन् ।
Previous Articleक्षेत्री समाज जैमिनी गठन
Next Article नेपाल आदिवासी जनजाति महासंघको भवनको उद्घाटन