बागलुङ, २० फागुन– प्रदेश नम्वर ४ का सांसद मणिभद्र शर्मा कँडेलले रेडक्रसकर्मीले सस्थाको मर्यादा कायम राखी सामाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाईटी बागलुङको जिल्ला सभा तथा २८ औ अधिवेशनको काठेखोला गाउँपालिका–८ लेखानीमा उद्घाटन गर्दे शर्माले यस्तो बताएका हुन् । कँडेलले रेडक्रसमा लागेका व्यक्तिको मनमा सधै समाजिक भाव जाग्रित हुनुपर्ने बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य सञ्जय श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव नवराज शर्मा, माओवादी केन्द्रका फमलाल निउरे, गलकोट नगरपालिका–१ अध्यक्ष नेत्र बुढाथोकी, काठेखोला गाउँपालिका ८ लेखानीका वडा अध्यक्ष चित्रकला छन्याल श्रीस, रेडक्रस जिल्ला शाखा सदस्य हिमालप्रसाद शर्मा, कालीगण्डकी आवासिय माविका प्रिन्सीपल निरञ्जनलाल राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी लेखानी उपशाखा सभापती रामानन्द कँडेल, नरेठाँटी उपशाखा सभापती जितबहादुर खत्री, रात्माटा उपशाखा सभापती कविन्द्रप्रसाद शर्मा सापकोटा, छिस्ती उपशाखा सभापती यामबहादुर केसी, पत्रकार महासंघ बागलुङका सहसचिव सुवास आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष श्रीधर कँडेलले प्रस्तुत आर्थिक र महामन्त्री नारायण शर्मा पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ । कार्यक्रममा रेडक्रस अभियानलाई सार्थक बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा सस्थालाई सम्मान गरिएको थियो । सो अवसरमा सर्वोकृष्ट रक्तदाता नेपाली सेना २३ नम्वर बाहिनी अड्डा बागलुङ, सर्वोत्कृट जुरेशबाट कालीगण्डकी आवासिय मावि उत्कृष्ट जुरेस यु.एस एकेडेमी, यसस्कर सदस्य नारायणप्रसाद गौतम, सर्वोत्कृष्ट उपशखाको रुपमा नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखा र सिगाना उपशाखा, उत्कृष्ट उपशाखाको रुपमा पैयुँपाटा उपशाखा, रातमाटा उपशाखा, उपल्लाचौर उपशाखा, छिस्ती उपशाखालाई सम्मान गरिएको थियो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित रक्त संचार केन्द्रका गुरुदत्त शर्मा, रेडक्रसका जिल्ला उपकोषाध्यक्ष तथा जुनियर रेडक्रश सर्कलका जिल्ला संयोजक जिवननाथ शर्मा, कार्यसमिति सदस्य विकास पौडेल, धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य, राष्ट्रिय निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने सुरक्षा शर्मा, उत्कृष्ट निवन्धमा छनोट हुने विद्यामन्दिर मावि र गरिमा आवासिय माविलाई सम्मान गरिएको थियो । जिल्ला सभा तथा २८ औ अधिवेशनको अवसरमा पारेर जुनियर रेडक्रस सर्कलको संयोजनमा प्रकाशित २०७५ सालको भित्ते पात्रो सार्वजनिक गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापती जब्वर बहादुर लामिछानेको उपसभापतीद्धय रामबहादुर खत्रीको स्वागत राजेन्द्र आचार्यको धन्यवाद मन्तव्य र महामन्त्री नारायण शर्मा पौडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleगौर पुर्णिमामा ‘पुष्प होली’
Next Article सम्पत्ति शुद्विकरण सम्बन्धि कार्यक्रम