बागलुङ, २० फागुन– राष्ट्रिय युवा परिषदको स्थापना दिवशको अवसरमा मानव सेवा आश्रमका आश्रितलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको छ । गत बर्ष स्थापना भएर काम शुरु भएको परिषदले युवाहरुको शिप र क्षमता बिकास गर्ने लक्ष राखेको छ । यो अभियान अन्र्तगत एक बर्ष अघिदेखि केही कार्यक्रम शुरु भएका छन् । स्थापना दिवशको अवसरमा आयोजित उक्त कार्यक्रमका सहभािगले युवालाई अव रोजगारीका लागि दक्ष बनाउनुपर्नेमा जोड दिए । साथै युवालाई उत्पादन मुलक काममा लगाउनुपर्नेमा पनि जोड दिए ।
युवा समितिका अध्यक्ष बिष्णु पौडेलले युवालाई सधै राजनीतिको भ¥याङ मात्र बनाइएको भन्दै अव शिक्षा देखि सबै प्रकारका क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले रोजगारी मुलक तालिममा सहभागि बनाएर युवा पलायन रोक्ने काममा राज्यको लगानी बढ्नुपर्नेमा पनि जोड दिए । समितिका कार्यालय प्रमुख कुश्मराज उपाध्यायले देशको वर्तमान युवा अवस्थाबारे बोलेका थिए ।
Previous Articleनामकरणको बहसमा प्रदेश नम्बर चार
Next Article मैत्रीपुर्ण फुटबल खेल बराबरी