बागलुङ, १९ फागुन– जिल्लाकै सबैभन्दा पुरानो विद्यामन्दिर माविको लागि सहयोग गरेको बेलायती सहयोगी संस्था बिट्रिस वेयलफेयर ट्रस्टले आगामी असार भित्रै ८ कोठे भवन बनाईदिने भएको छ । १ करोड ३५ लाख रुपैयाँ लगानी गरेर ट्रस्टले भवन बनाउन लागेको छ । भूकम्पले पूर्ण क्षति भएकोले बालबालिका पढाउन समस्या परेपछि विद्यालयले ब्रिटिस वेयलफेयर ट्रस्टमा सहयोग आब्हान गरेको थियो । उक्त आब्हान अनुसार ट्रस्टले ८ कोठे भवन बनाईदिन लागेको हो ।
बागलुङको अनुगमनका आएका ट्रस्टका जोन ह्वाइडले भवन निर्माण पुरा भएपछि अन्य संरचना र सामाजिक काममा पनि सहयोग गर्ने बताएका थिए । नेपाली भाषा बोल्ने ह्वाईडले नेपालीहरुले बेलायती सैनिकमा रहेर गरेको कामबाट प्रभावित भएकोले ट्रस्टले खानपानी, शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताए । भूकम्पले यो विद्यालयको पुरानो भवनमा क्षति पुगेपछि पुरै भत्काएर चन्दाको भरमा निर्माण गर्न लागिएको छ । यो अभियानकै क्रममा ट्रष्टले ८ कोठाको जिम्मा लिएको थियो । हाल निर्माणाधिन भवनको दुइ तला मध्ये पहिलो तल्लाको ढलान भैसकेको छ । ट्रस्टले विद्यालयकै लागि ५ कोठे शौचालय पनि बनाईदिने कार्यक्रम छ । यो अभियानमा फर्निचर र डेकोरेशनका सामानका लागि पनि सहयोग गर्ने प्रतिवद्धता भएको प्रधानाध्यापक जनन्नाथ आचार्यले बताए । नेपालभरका भूपूहरुलाई पेन्सन दिने काममा पनि गरेको ट्रस्टले बर्षेनी १२ मिलियन पाउण्ड सहयोग गर्दै आएको छ ।
यो बर्षपछि नेपालभरका ११ वटा भवन बनाउने भएको हो । भूकम्प पुनःनिर्माण प्राधिकरणले दिएको मापदण्ड तथा शिक्षा विभागले बनाएको नक्सांकनको आधारमा ट्रस्टले विद्यालय भवन निर्माण गरिरहेको छ । यो विद्यालय सँगै म्याग्दीको सिखमा रहको अर्को माध्यामिक विद्यालयलाई पनि वेयलफेयरले सहयोग गरेको छ । बिसं १९९७ सालमा स्थापना भएको विद्यामन्दिर माविमा हाल १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र गृह विज्ञान बिषयको पढाई संचालन गरिरहेको उमावि संयोजक डिल्लीराज गौतमले बताए । शुक्रवार आएका ट्रस्टका सदस्यलाई स्वागत गर्ने कार्यक्रममा गौतम र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले विद्यालयको भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए । उनीहरुले विद्यालयको चौघेरा निर्माणका लागि पर्खाल बनाउन ट्रस्टमा सहयोग माग गरेका थिए । कार्यक्रममा आएका ह्वाइडले ट्रस्टमा जानकारी गराएर आगामी दिनमा पनि संभव हुने सहयोग गर्ने बताए । भवन निर्माणका लागि महायज्ञ संचालन गरेर विद्यालयले ५ करोड रुपैयाँ संकलन गरेको व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताए । यो रकमले तीन तले पक्की भवन निर्माणको काम थालेको छ । कम्तिमा १२ लाख रुपैयाँ सहयोग गर्नेको नाउँमा एक÷एक कोठाको नामाकरण गर्ने अभियान छ ।
Previous Article२०७४ फागुन १९ गते शनिबार राशिफल
Next Article तीनजनाको मनोनयन कसैले रोक्न सक्दैन-ओली