म्याग्दी, १५ फागुन– पछिल्लो समय सडक सञ्जाल विस्तारले आम सर्वसाधारणलाई आवतजावतमा सुविधा पुगेको छ । जिल्लामा अहिले पनि सडक पूर्वाधार विकास निर्माणतर्फ प्रहिलो प्रथामिकतामै छ । सडक सञ्जालको पहुँच विस्तारसगै सवारी चाप पनि थपिदै गएको छ । सडकले जिल्लाको गाउँगाउँमा बस्ति विस्तारसंगै, ओहोरदोहोरमा भएको सुविधाले गाउँको स्वरुप परिवर्तन हुदै गएको छ । सडक विस्तारमा गरिने हेलचक्राई, जिर्ण सडक स्तरोन्नतीमा हुने वेवास्ता, पुराना सवारी साधनलाई आबश्यकता अनुसार मर्मत नगरिनु, जस्ता कारणले भने सडक सञ्जालले सुविधा उपभोगमा ल्याउने खुसीसंगै विभिन्न समयमा हुने गरेका दुर्घटनाले बढी पिडाबोध गराउने गरेको छ । भिरालो जमिनमा सडक मापदण्ड विपरित ग्रेड नमिल्याई यातायात सुविधाको पहुचँ विस्तार गर्दा सवारी दुर्घटना भने बढिरहेको छ । जसले जिल्लामा धेरैको अकालमा ज्यान लिनुको साथै दुर्घटनाले अपाङ्गता हुने संख्या समेत बढिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा भएको तथ्यांकअनुृसार पछिल्लो समय तिन वर्षको समयमा सवारी दुर्घटना परेर ४१ जनाले ज्यान गुमाएका छन् । आथिर्क बर्ष ०७१÷७२ मा सवारी दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिएभने जसबाट १७ पुरुष ३ महला परेका थिए । जसबाट सक्त घाइते १७ जना, १८ जना सामान्य घाईते भएका थिए । १९ ओटा सवारी दुर्घटना हुदा १२ ओटा सवारी साधन पुर्ण क्षति भएको थियो । आािर्थक बर्ष ७२÷७३ मा सवारी दुर्घटनाबाट ११ जनाले ज्यान गुमाएको थिए । जसमा ३ पुरुष ४ महिला ३ बालक १ बालिका परेका थिए । सो दुर्घटनाम परि ३५ जना सक्त घाईते, १८ जना सामान्य घाइते भएका थिए । ७२÷७३ मा भएको सवारी दुर्घटनामा ८ साधन हुदाँ पुर्ण क्षेती ६ भएको थियो । आर्थिक बर्ष २०७३÷७४ मा सवारुी दुर्घटना परेर ६ जनाको ज्यान गएको छभने जसमा ५ पुरुष १ महिला दुर्घटनाबाट ज्यान गुमाएका थिए ।
सो समयमा २५ सक्त घाईते, २७ सामान्य घाईते भएका थिए । सो बर्षमा ११ सवारी दुर्घटना हुदाँ १० वटा सवारी साधन पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । चालु आर्थिक बर्ष २०७४÷७५ मा जिल्लामा भएको सवारी दुर्घटनामा हालसम्म ४ जनाको ज्यान गएको छ । कात्तिकमा १ र माघमा ३ जनाको ज्यान गएको हो । पछिल्लो समय बेनी देखि बेगखोला जानेक्रममा बैसरीमा भएको दुर्घटनामा ३ तिन जनाको निधन भएको थियो २ सक्त घाईते भएका थिए । यो बर्षमा ४ सवारी दुर्घटना हुदाँ ११ सक्त घाईते, १७ सामान्य घाईते भएका छन् । सार्वजनिक यातायात दुर्घटनामा परिरहने र यात्रा असुरक्षित हुने भयले आम यात्रुहरुलाई ढुक्क रुपमा सवारी साधनमार्फत यात्रा गर्न सक्ने अवस्था अझै सृजना भएको छैन् । जिल्लामा कच्ची सडक, चालकको लापरबाही, क्षमताभन्दा ओभरलोड, तिव्र गति, मादक प्रदार्थ सेवन, सागुरो सडकमा ओभरटेक गर्ने, पैदल यात्रुको गल्ति, छाडा चौपाय, सडकको अवस्था, मौसमको अवस्थाले सवारी दुर्घटना हुने जिल्ला प्रहरी कार्यालयका ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । जिल्लामा भएको सवारी दुर्घटनामा देखिएको तथ्याकंले जिल्लामा ज्यान जाने संगै अपाङ्गता हुने संख्या समेत बढिरहेको छ । जिल्लामा सडक पहुँचसंगै सवारी साधन थपेर पुग्दैन् । सवारी मापदण्ड सवारी साधनको किसिम, आवश्यक कागजपत्र, सवारमा क्षमताको मापदण्ड तयार निर्माण गरिएको नियमलाई कडा लागु गर्न सबै पक्ष जिम्मेवार देखिएमा जिल्लामा दुर्घटना कम गर्न सकिन्छ कि ?