बागलुङ, १५ फागुन– जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाले वडा भित्रका कृषकका लागि लप्सीका बिरुवा बितरण गरेको छ । कृषकलाई व्यवसायिक लप्सी खेतीतर्फ आकर्षण गर्ने उद्देश्यले बिरुवा बितरण गरेको वडा कार्यालयले जनाएको छ । वडाभित्र रहेका सबै कृषकले पाउने गरी सोमबार र मंगलबार गरि २ हजार बिरुवा बितरण गर्न लागिएको वडा अध्यक्ष चक्रबहादुर थापाले बताए । वडा कार्यालयले उन्नत जातको लप्सीको बिरुवा खरिद गरी ढुवानी खर्च लिएर कृषकलाई बितरण गरेको थापाले जानकारी दिए । उच्च पहाडी क्षेत्रमा फल्ने लप्सीको बजार राम्रो रहेकाले त्यसको खेतीमार्फत आयआर्जन बढाउनका लागि कृषकलाई प्रेरित गरिएको थापाको भनाई छ । अचारका लागि देशका ठुला सहरमा प्रतिकेजी १ सय ८० रुपैयाँ सम्ममा बिक्रि हुनेगरेको थापाले बताए ।
Previous Articleडा.खतिवडा, जसले घरजग्गा कारोबारमा लगाम कसे
Next Article सडक दुर्घटनाको डरलाग्दो रुप