बागलुङ, १४ फागुन– जिल्लाको ढोरपाटन नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाका मृत्यु भएको छ । बुर्तिबाङ–ढोरपाटन सडक खण्डको ढोरपाटन नगरपालिका २ सोरखोलामा लु ३ त २८१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक प्यूठान झिमरुक गाउँपालिका–६ का २४ वर्षिय शेरमान पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि ८० मिटर तल भुजी खोलामा खसेको थियो । दुर्घटनामा चालकले हाम फालेर ज्यान बचाएको श्रोतले बतायो ।
Previous Articleमन्त्रिपरिषद विस्तार पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ
Next Article डा.खतिवडा, जसले घरजग्गा कारोबारमा लगाम कसे