काठमाडौं, १४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा।युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् । थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् । सोमबार एमालेबाट थपिएकामध्ये पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्व गर्भनर डा।युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । थापा यसअघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए ।
माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् । यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश स् वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
मन्त्रिपरिषद विस्तार पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ
Previous Article१४ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु