बागलुङ, १४ फागुन– बिद्यालयको आधुनिक बिद्यालय सुधार योजनालाई सहयोग पु¥याउने भन्दै यहाँको एक बिद्यालयका भुतपुर्व बिद्यार्थीहरुले बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । गण्डकी प्राथमीक बिद्यालय जैमिनी नगरपालिका–५ बिनामारेका पुतपुर्व बिद्यार्थीहरुले बिद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका हुन । बिद्यालयले तयार पारेको आधुनिक बिद्यालय सुधार योजनामा इट्टा थप्दै गुणस्तरीय शिक्षाका लागि बिदालयलाई प्रेरित गर्ने भन्दै शैक्षिक सामाग्री सहयोग गरेको भुपु बिद्यार्थी नारायणप्रसाद शर्माले बताए ।
सोही बिद्यालयमा अध्ययन गरेर कामको शिलशिलामा देशका बिभिन्न स्थानमा रहेका १३ जना भुतपुर्व बिद्यार्थीहरुको संयुक्त सहयोगमा आईतवार एक समारोहको आयोजना गरि शैक्षिक सामाग्री हस्तान्तरण गरेको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष देवेन्द्र रेग्मीले बताए । कक्षा पाँचसम्म सञ्चालनमा रहेको बिद्यालयका लागि पाँच थान व्हाईट बोर्ड, मार्कर, डस्टर र स्टेशनरी गरी लाखौं रुपैया मुल्य पर्ने शैक्षिक सामाग्री सहयोग गरेको रेग्मीले बताए ।
भुतपुर्व बिद्यार्थीहरुको सहयोगले आधुनिक बिद्यालय सुधार योजनामा थप टेवा पुग्ने भन्दै रेग्मीले बिद्यालयको व्यवस्थापनमा थप जिम्मेबारी बढेको बताए । आँफुले ज्ञान आर्जन गरेको बिद्यालयको शैक्षिक बिकासमा पुर्व बिद्यार्थीहरुको सदासयता र सहयोग निकै महत्वपुर्ण रहेको भन्दै रेगमीले बिद्यालयको थ पभौतिक तथा शैक्षिक विकासमा सहयोग गर्न आग्रह समेत गरे । बिद्यालयको शैक्षिक वातावरणमा सकरात्मक असर पर्ने काम गरेको भन्दै भुपु बिद्यार्थीको जिम्मेबार पुर्ण सहयोग बिद्यायको लागि अतुलनीय सम्पत्ती भएको रेग्मीले बताए । सामाग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै जैमिनी नगरपालिका ५ बिनामारेका वडाअध्यक्ष गोपाल प्रसाद पौडेलले भुपु बिद्यार्थीको सहयोगले स्थानिय तहको ध्यान तानेको बताए ।
बिद्यालयको शैक्षिक बिकासमा स्थानिय तहबाट हुने सबैखाले सहयोग गर्ने भन्दै पौडेलले त्यसका लागि बिद्यालयले शैक्षिक वातावरण संग्लो बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा भुपु बिद्यार्थीकहरुको तर्फबाट नारायणप्रसाद शर्मा, अर्जुन पौडेल, बिद्यालय व्यवस्थापन समितिका सदस्य मञ्जु श्रेष्ठ, लगायतले बोलेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र रेग्मीको अध्यक्षता, शिक्षिका हिरादेवी रेगमीको सञ्चालन र शिक्षक गोपाल पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कक्षा १ देखी कक्षा ५ सम्म निसुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम लागु भएको बिद्यालयमा ५० जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
Previous Articleरोजगारमुलक युवा नीति चाहियो
Next Article नयाँ ट्रयाकसहित सडकमा २६ लाख खर्च