बागलुङ, १४ फागुन– युवाहरु राष्ट्रका संवाहक हुन् । युवाको कारणले नेपालमा ठूला ठूला आन्दोलनहरु सफल भए त्यसैले उनीहरुको योगदानको उच्च मूल्यांकन हुनुपर्छ भन्ने राजनीतिक नेतृत्वले धेरैपटक दोहो¥याउने गर्छन् ।
तर जब संसद तथा अन्य नेतृत्वको पदमा लैजाने कुरा आउँछ तव युवाको नाउँमा बुढापाका मात्र पुग्ने गर्छन् । यो भनाई आईतवार बागलुङमा भएको एक भेलाका युवाहरुको हो । नेपाल युवा संस्था संजाल र जिल्ला युवा समितिको अयाोजना तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहयोगमा आईतबार भएको युवा भेला तथा युवा सांसद सम्मान कार्यक्रममा बोल्ने वक्ताले युवालाई अवसर दिन नेतृत्व अझै तयार नभएको टिप्पणी गरेका थिए । युवाले स्थानीय तहमै बसेर काम गर्न सक्ने गरी युवा नीति र कार्यक्रम ल्याउन सरकारलाई माग पनि गरेका थिए । युवाको नेतृत्व बिकास तथा रोजगारीका अवसरमा ल्याउन प्राविधिक ज्ञान भएको पढाई संचालन गर्नुपर्ने, स्वरोजगार मुलक शिक्षा तथा निव्र्याजी ऋण दिएर युवालाई प्रोत्साहन दिनुपर्ने माग पनि गरे ।
उत्तरदायी तथा भ्रष्ट्राचार मुक्त समाज निर्माण र बिपद व्यवस्थापन नाम दिइएको युवा भेलामा अधिकांसले रोजगारीको अभावमा हरेक दिन सयौं युवा बिदेशिएको गुनासो गरेका थिए । बिदेशीन नपर्ने गरी कार्यक्रम ल्याएर युवा रोजगारीका अवसर खोज्नु पर्नेमा उनीहरुले सांसदलाई पनि माग गरे । संजालले जिल्ला युवा समितिको सहकार्यमा ४० बर्ष मुनिका सांसदलाई सम्मान पनि गरेको थियो । धौलागिरी क्षेत्रमा ४ जना युवा सांसद रहेको भेटिएपछि उनीहरुलाई सम्मान गरिएको हो । म्याग्दीका बिनोद केसी र बागलुङका दिपा रोका, सावित्रा राना तथा पियारी थापा ४० बर्ष मुनिका सांसद हुन् ।
उनीहरुले देश बिकासको कामसँगै युवालाई स्वदेशमै रोक्ने कार्यक्रममा प्राथमिकता दिने बताए । कार्यक्रममा बोल्दै आँफूहरु पनि राजनीतिक नेतृत्वबाट पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै थिए । जिल्लाका सहभागि ५० युवाले राष्ट्रिय युवा नीति कार्यान्वयन, युवाका लागि लगानी र राज्यका निकायमा युवालाई पु¥याउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । ‘युवा उमेरले मात्र नभई युवालाई उत्थान गर्ने काममा लाग्नुपर्छ’ सहभागि बिष्णुराज पौडेलले भने, ‘नीतिमा मात्र नभएर व्यवहारमा युवा सहभागिता बढाउन नसकेसम्म नीतिले बिकास गर्न सकिंदेन ।’ उनले अझै दलहरुले युवालाई नीतिगत तहमा लैजान नचाहेको टिप्पणी पनि गरे ।
संजालले भने युवाहरुलाई सक्रिय बनाएर नेतृत्वमा पु¥याउने अभियान थालेको अध्यक्ष हिमाल महतले बताए । केही बर्षदेखि संजालले थालेको युवा संसद, तालिम लगायतबाट स्थानीय निर्वाचनमा आईपुग्दा केहीले नेतृत्व लिन सकेको उनको अनुभव छ । संजालका अध्यक्ष हिमाल महतको अध्यक्षता कोषाध्यक्ष नारायण कंडेलको संचालनमा सम्पनन कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष बिष्णु पौडेल, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष र गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटाले बोलेका थिए । भेलाको दोश्रो सत्रमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका रेशम नेपालीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा पत्रकार महासंघको भवन निर्माण अभियानलाई संजालले ५ हजार र कोषाध्यष कंडेलले ५ हजार रुपैयाँ नगद सहयोग गरेका थिए ।
Previous Article२०७४ फागुन १४ गते सोमबार राशिफल
Next Article विद्यालयलाई शैक्षिक सामाग्री सहयोग