बागलुङ, ११ फागुन– जनप्रेम माध्यामिक बिद्यालय ताराखोला–१ बागलुङको ५७ औं बार्षिकोत्सव समारोह बिबिध कार्यक्रम गर्दै सम्पन्न भएको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बक्ताहरुले बिद्यालयको चौतर्फी विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै ‘द पहार ट्रष्ट नेपाल’ का प्रमुख चन्द्रबहादुर गुरुङले बिद्यालयका आठ कोठे भवन निर्माणको लागि सहयोग गर्ने बताए । बिद्यालयको शैक्षिक सुधारका लागि भौतिक संरचना महत्वपुर्ण हुने भन्दै गुरुङले आठ कोठे भवन बनाईदिने बताएका हुन् । कार्यक्रमा ट्रष्ट नेपालकै बोर्ड सदस्य ज्ञानबहादुर गुरुङ, विद्यालयका भूतपूर्व प्र.अ. टेकबहादुर गुरुङ लगायतले बोलेका थिए ।
बिद्यालयले कार्यक्रममा उपस्थित बिशिष्ट ब्यक्तिहरुलाई जनप्रेमको कोसेली नामक एल्वम तथा मायाको चिनो दिएर बिदाई गरिएको थियो । मुल समारोह बिहिबार सम्पन्न भएको भएपनि थप कार्यक्रमहरुका साथ शुक्रबार मात्रै बार्षिकोत्सवका कार्यक्रमहरु समापन हुने बिद्यालयले जनाएको छ । एक साता लामो बार्षिकोत्सव कार्यक्रम अन्र्तगत बिभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सञ्चालन गरेको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नइन्द्रबहादुर गुरुङले र स्वागत विद्यालयका सहायक प्रधानाध्यापक टेकबहादुर पुनले गरेका थिए ।
जनप्रेम माविले परम्परागतदेखि आधुनिक प्रविधिको प्रयोगबाट अध्यापन तथा व्यवहारिक शिक्षा दिनको लागि प्रयोगात्मक क्रियाकलाप समेत संचालन गर्दै आफुलाई नमुना विद्यालयको रुपमा स्थापित गराउन सफल भएको छ ।
Previous Article२०७४ फागुन ११ गते शुक्रबार राशिफल
Next Article स्थानिय तहलाई पहिलो गासमै ढुंगा !