वाशुदेव मिश्र
पोखरा, १० फागुन – सरुभक्तलिखित ‘सिरुमा रानी’ पोखरामा मञ्चन भइरहेको छ। मानवीय तृष्णा र महत्वकांक्षा बोकेकी सिरुमा रानीको वरिपरी नाटक घुम्छ। आफूलाई मन पराउने दाउरेको छोरो गोरेलाई छाडेर कामवासनाकै लागि राजासँग बिहे गरेकी उनी राजाले आफ्नो छोरासँग शरीर साटेको थाहा पाएर झसङ्ग हुन्छिन्।
‘मैले त बूढो राजाको आत्मालाई हैन, युवराजको शरीरलाई प्रेम गरेको हो’ भन्ने अभिव्यक्ति दिने सिरुमा रानी अन्त्यमा आत्महत्या गर्न बाध्य हुन्छिन्। बुढा राजालाई हैन युवराजलाई मन पराएकी उनले युवराजलाई पनि आत्महत्या गर्न बाध्य पार्छिन्।
वासना अनि महत्वाकांक्षाकी पर्याय बनेकी सिरुमा रानीको भूमिकामा अभियन गर्ने सीमा गुरुङको वास्तविकता भने फरक छ। १२ कक्षा पढ्दै गरेकी सीमालाई माओत्से गुरुङको संगतमा आइन्। माओत्सेले उनलाई आफैले बनाएको ‘मनको बाबरी’ मा सह निर्देशनको जिम्मा दिए। सीमाको नाटक मोह देखेर माओत्सले नै उनलाई सिरुमा रानीको रिहर्सलमा डोहोर्याए।नाटकको एक दृश्यमा सीमा र माओत्से
‘नारीले आफूमाथि जबरजस्ती लादिएको कर्तव्यको सट्टा आफ्नो नारीधर्म बचाउन गरेको संघर्षको कथामा उनी अब्बल देखिएकी छन्,’ कलाकार माओत्से गुरुङले भने, ‘नाटकको मुख्य पात्रको रुपमा उनको अभियन साह्रै लोभलाग्दो छ।’
सीमा भने आफूभित्र रहेको अभियनको भोक मेटाउन पाएकोमा मख्ख छिन्। ‘नाटकमा मुख्य भूमिकामा देखिन पाउँदा खुसी छु, नाटकमा सबै कलाकारको भूमिका बराबर नै हुन्छ,’ उनले भनिन्, ‘आउँदा दिनमा पनि आफू फिट हुने ठाउँ छ भने म अभिनय गर्छु।’ त्यसो त, उनलाई चलचित्रमा अभिनय गरेर चर्चामा आउने रहर भने छैन।
फत्तेमानका गीत गुन्गुनाइरहने उनको रुची चाहिँ सर्ट फिल्म बनाउनु हो। उनको निर्देशनमा सर्ट फिल्म लेकाली फूल निर्माण भइसकेको छ। प्रर्दशन भइनसकेको यस फिल्मको कथा समेत उनले नै लेखेकी हुन्।
Previous Articleअधकल्चो भुइँचालोको खट्खट्
Next Article ११ महिनामा १२ लाख धार्मिक पर्यटक