बागलुङ, ८ फागुन– चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बानपा–१ रामरेखा बागलुङले बिबिध कार्यक्रमसहित आफ्नो १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सात दिवसिय कार्यक्रम अन्तरगत सोमबार मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बागलुङमा निजी बिद्यालयहरुले पु¥याएको योगदानको प्रशंसा गरे ।
निजी बिद्यालयहरुले बागलुङको शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको भन्दै पौडेलले जिम्मेबार शिक्षक र जागरुक बिद्यार्थी भए शिक्षामा परिवर्तन हुनेमा जोड दिए । अभिभावकले आफ्ना सन्तानको भविश्यको लागि ठुलो लगानी गरिरहेको भन्दै पौडेलले लगानी डुब्न नदिन आफ्ना बालबालिकाको बिषेश ख्याल गर्न अभिभावकलाई आग्रह समेत गरे । सन्तानको सुखको लागि भन्दै बिदेशमा गएर दुःखका साथ कमाएको पैसा खर्चिने अभिभावकले आफ्ना बालबालिकाको पठनपाठन र व्यवहारलाई नियाल्नु पर्ने बताए । अभिभावकले बिद्यालयको भर पर्दा कहिलेकाहिँ बिद्यार्थी गलत बाटोमा लाग्नेतिर संकेत गर्दै बिषेश ख्याल गर्न पौडेलले अभिभावकलाई सुझाएका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, प्याव्सन बागलुङका सचिव दलबहादुर थापा, नेपाल रेडक्रस सोसाईटी बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछाने, डिआईआरडिसी बागलुङका अध्यक्ष केबि राना मगर, अभिभावक देव प्रकाश घिमिरे, बिद्यार्थीहरु अपेक्षा पौडेल, अनन्त मल्ल, अनिस रेग्मीले बोलेका थिए । बिद्यालयले फागुन १ गतेदेखी बिबिध कार्यक्रमको आयोजना गर्दै सात दिन लामो बार्षिकोत्सव मनाएको थियो ।
हरेक बर्ष बार्षिकोत्सवको अवसरमा आयोजना हुने अन्तरबिद्यालय स्तरीय चिल्ड्रेन लाईफ कप हाजिरजवाफ प्रतियोगिताको उपाधि यस बर्ष सिद्धार्थ शिक्षा सदनले जितेको छ । प्रतियोगितामा आदर्श बिद्यामन्दिर दोस्रो, अमर आदर्श तेस्रो र गरिमा आवासिय माध्यामिक बिद्यालय र बिद्यामन्दिर माध्यामिक बिद्यालय सान्त्वना भएका थिए । सोमबार नै मुल समारोहमा बिजेता बिद्यालय तथा बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । यसैबीच बिद्यालयले पत्रकार महासंघको भवन निर्माणको लागि २८ हजार १९ रुपैयाँ सहयोग गरेको छ । बिद्यार्थीहरुबाट स्वतःस्फुर्त उठेको १४ हजार २ सय रुपैयाँ, शिक्षक तथा व्यवस्थापकहरुबाट उठेको बाँकी रकम गरेर एकमुष्ठ उक्त रकम प्रदान गरिएको हो । कार्यक्रममा बिद्यालयको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्दै प्रिन्सीपल नवराज श्रेष्ठले यस बर्ष जिल्लामा नै चिल्ड्रेन लाईफ उत्कृष्ट बिद्यालय बन्न सफल भएको बताए ।
आगामी शैक्षिक सत्रबाट कक्षा ११ मा बिज्ञान र बाणिज्य बिषयमा पठनपाठन सुरु गर्ने योजना सुनाउँदै श्रेष्ठले भौतिक पुर्वाधार निर्माणको काम चलिरहेको बताए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नवराज पौडेलको अध्यक्षता, उपाध्यक्ष महेन्द्र आचार्यको स्वागत तथा सुरेन्द्र शाक्य र बिजया चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिबिध सांकृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
Previous Articleबागलुङ बजारमा संकास्पद बस्तु ,बम भएको आसंका
Next Article मंकाःखलको पदस्थापन