बागलुङ, ८ फाल्गुण–जिल्ला सदरमुकाम बागलुङ बजारमा बम जस्तै संकास्पद बस्तु फेला परेको छ । बागलुङ बजारको पुरानो बसपार्क नजिकै सडक छेउमा बम लेखेर राखिएको संकास्पद बस्तु फेलापरेपछि प्रहरीले पहरा दिएरको छ । संकास्पद बस्तु फेला परेलगत्तै बम भएको आसंकामा प्रहरीले नेपालि सेनालाई खवर गरेको जिल्ला प्रहरी प्रमुख दिपक रेग्मीले जानकारी दिए । नेपाली सेनाको अर्जुनबाण गणको बम डिस्पोजल टोलि घटनास्थलमा आईपुगेको र केही समयमानै अवस्था समान्य हुने उनले बताए । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले मंगलवार बन्दको आव्हान गरेकाले सोही पार्टिका कार्यकर्ताले संकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिहान आठबजेको समयमा रोकिराखेका सवारी साधनको छेउमा संकास्पद बस्तु फेला परेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।